प्रधानमन्त्री ओली फिल्म हेर्न हलमा जाँदै


 


काठमाडौं ६ चैत्र – प्रधानमन्त्री केपी शर्मा ओली बुधबार फिल्म हेर्न सिटी सेन्टर जाने भएका छन् । बुधबार साँझ ६ बजेको सोमा प्रधानमन्त्रीले नेपाली फिल्म ‘क्याप्टेन’ फिल्म हेर्न जाने भएका क्याप्टेन’का निर्माता भुवन केसीले बताए ।

उनका अनुसार प्रधानमन्त्रीले सिटी सेन्टरमा फिल्म हेर्ने र होलीको शुभकामना आदान–प्रदान गर्ने कार्यक्रम तय भएको छ । सो अवसरमा प्रधानमन्त्रीसँगै विभिन्न क्षेत्रका उच्च पदस्थ व्यक्तिको उपस्थिति रहने उनले बताए ।

‘क्याप्टेन’ एक फुटबल खेलाडीको संघर्षमा आधारित फिल्म हो । फिल्मले ब्यापार भने खासै गर्न सकिरहेको छैन ।

प्रकाशित मिति: ६ चैत्र २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्