‘काभ्रे घटनामा पक्राउ परेकाहरुलाई तत्काल रिहा नगरे जवाफी कारबाही गर्छौं’


 


काठमाडौं : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारले काभ्रे घटनामा पक्राउ परेकाहरुलाई तत्काल रिहा नगरे जवाफी कारबाही गर्ने बताएको छ । पार्टीका मध्यकमाण्ड इञ्चार्ज हेमन्त वली ‘सुदर्शन’ले वक्तव्य जारी गर्दै सो कुरा बताएका हुन् ।

‘काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकाको काफलडाँडामा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानमा रहेका अभियानकर्मी विशाल तामाङ, नुमबहादुर विक, शिव भिमाल र दीपेन्द्र राईलाई पक्राउ गरेको छ,’ वक्तव्यमा भनिएको छ, ‘निहत्या, निःशस्त्र अभियानकर्मीले पहिले नै गोली चलाएकाले प्रहरीले जवाफी गोली चलाएको बकबास गरिएको छ । यो झुटा बकबास जनयुद्धकालमा लगाइएको सङ्कटकाललाई स्मरण गराएको छ । यो सरकारले उहाँहरुलाई तुरुन्त रिहा नगरेमा कुनै पनि जनप्रतिरोधको कारबाही अघि बढाउन बाध्य हुनेछौं ।’

वक्तव्यमा वर्तमान सरकार,गृह प्रशासन, सुरक्षा निकायका प्रमूख अधिकारीहरुले देशलाई गृहयुद्धमा धकेल्ने प्रयास गरिरहेको आरोप लगाइएको छ । कालोबजार, भ्रष्टचार, अत्याचार लुकाउन तथा अपराधलाई संस्थागत गर्न वर्तमान सरकार र गृह मन्त्रालयले गरिरहेको आरोप लगाइएको छ । तीन दिनअघि काभ्रेको रोशी गाउँपालिकामा भएको घटनामा प्रहरीले नेकपाका विशाल तामाङ,नुमबहादुर विक,शिव भिमाल र दिपेन्द्र राईलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति: ७ चैत्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्