उर्लाबारीमा महिलालाई सामुहिक जर्बजस्ती करणी, पाँच पक्राउ


 


उर्लाबारी। मोरङको उर्लाबारी नगरपालिका – ४ थापाडाँगीमा मादक पदार्थ सेवन गरी एक महिलालाई जर्बजस्ती करणी गरेको आरोपमा ५ जना पक्राउ परेका छन् ।

गत फागुन २८ गते साँझ ७ बजेको समयमा देवेन्द्र लिम्बुको भान्सा कोठामा मादक पदार्थ सेवन गरी सोही ठाउँकी २७ वर्षिया महिलालाई मादक पदार्थ सेवन गराएर जर्बजस्ती करणी गरेको आरोपमा दुर्गा सिवाकोटी, सुरेश राई, वालकृष्ण खड्का, पपिन राई र रिठ्ठे भनिने लोकबहादुर लिम्बु पक्राउ परेका हुन् ।

घरधनी देवेन्द्र लिम्बु भने फरार रहेकाले खाजी भईरहेको प्रहरीले जनाएको छ । उनीहरुलाई हिजो मोरङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ७ चैत्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्