होली खेल्ने क्रममा झडप, प्रहरीसहित ५ घाइते, ७ राउण्ड आश्रु ग्यास प्रहार


 


रौतहट । रौतहटको सिमराभवानीपुरमा होली खेल्ने क्रममा बिहीबार दुई पक्ष बिच झडप हुँदा प्रहरी सहित दुई जना घाईते भएका छन् । गुजरा नगरपालिका वाड नं। ९ सिमरा भवानीपुरमा माटोको भाडा९मटका० फुटाउने क्रममा दुई पक्षबीच विवाद भएको प्रहरीले बताएको छ । झडपमा ३ जना प्रहरी र २ जना स्थानीय गरी ५ जना घाइते भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरिक्षक सन्तोष पाठकले जानकारी दिएका छन् ।

दुई पक्ष बीचको झडपलाई निन्यन्त्रणमा लिनको लागी ७ राउण्ड आश्रु ग्यास चलाउनु परेको प्रहरी निरिक्षक पाठकले बताए । नेपाल प्रहरी र सशस्त्रको टोली घटनास्थल पुगी स्थितिलाई नियन्त्रणमा लिनको लागी अश्रु ग्यास चलाउनु परेको उनले बताए । दोहोर झडपमा स्थाीिय सागर चौधरी र निरज चौधरी घाइते भएका छन् भने प्रहरीका प्रहरी हब्लदार ईश्वर बहादुर बिष्ट, प्रहरी जवान पवन कार्की र पिताम्बर काफ्ले घाइते भएको उनले जानकारी दिए ।

घाइतेहरुको अबस्था समान्य रहेको र घटनामा संलग्न रहेको आशंकामा ४ जनालाइ प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले अर्जुन चौधरी, सुकेश्वर चौधरी,पप्पु चौधरी र दिपेश चौधरीलाइ पक्राउ गरेको छ । अहिले घटना स्थल समान्य बन्दै गएको छ । यसै बिच होली मनाउने क्रममा रौतहटमा सवारी साधन र्दुघटना बढेको छ । पर्वको अवसर पारेर मादक पदार्थ सेवन गरी मोटरसाइकलमा सवार यात्रुहरु र्दुघटनामा परेका छन ।

प्रकाशित मिति: ७ चैत्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्