भव्य रुपमा मनाइयो उर्लाबारीमा होली


 


उर्लाबारी । उर्लाबारी नगरका एक दर्जन वढी संघ–संस्थाहरुले आज सदभाव होली शुभकामना आदान प्रदान तथा सदभाव कायममा सवैको भूमीका वरावर भन्ने नारामा साथ मनाएका छन ।

यसैक्रममा उर्लाबारी जेसीजले स्थानिय वरगाछी चौकका शुभकामना आदान प्रदान गरी मनाएको छ । जेसीजका अध्यक्ष बिनोद ओलीको अध्यक्षता तथा उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष प्रितम खड्गीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा स्थानिय नमूना वालगृहका वालवालिकाहरुलाई खाद्यान्न, सेनेटरी तथा किचनमा उपयोग हुने सामग्री वितरण गरिएको थियो ।

सोही अवसरमा मनोरञ्जनका लागि खेलाईएको हाडी फुटाउने कार्यक्रममा ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिना विजयी बन्नुभएको थियो ।

यसैगरी उर्लाबारीस्थित महारुद्र शिवालय मंंन्दिर, सामुदायीक बिकास मंञ्च, ग्लोवल युथ क्लब, लायन्स क्बल उर्लाबारी, नारी संकल्प साकोस, नारी सृजना साकोस, हाम्रो बचत साकोस, मैथीली सेवा समाज, मंगलबारे युवा क्बल, ब्रहमकुमारी राजयोग सेवा केन्द्र, पतञ्जली योग समिति लगायतका एक दर्जन बढी संघ–संस्थाहरुले विविध कार्यक्रममको आयोजना गरी होली पर्व मनाएका छन ।

प्रकाशित मिति: ७ चैत्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्