फेरि अनशन बस्ने डा. गोविन्द केसीको चेतावनी


 


काठमाडौं । प्राध्यापक डाक्टर गोविन्द केसीले फेरि अनसन बस्ने चेतावनी दिएका छन् । त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका पदाधिकारीले मेडिकल कलेज सञ्चालकसँगको मिलेमतोमा अवैध विद्यार्थी भर्ना गरेको बढी शुल्क लिएकोे उनीहरुलाई बर्खास्त गर्नुपर्ने केसीको माग छ ।

बिहिबार बिज्ञप्ति जारी गर्दै उनले माग पुरा नभए अनशन बस्ने बताएका हुन् । त्रिविबाट सम्बन्धन प्राप्त कलेजहरुले एमबिबिएसमा अध्ययनरत विद्यार्थीसँग १० लाख रुपैयाँ बढी असुलेका छन् ।

त्यस्तै, केयुमातहतको नोबेल मेडिकल कलेजले १० विद्यार्थी बढी भर्ना गरेको छ ।

प्रकाशित मिति: ८ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्