कोरियन भाषा परीक्षाको आवेदन आजबाट खुल्यो


 


काठमाडौं जगारीका लागि दक्षिण कोरिया जान चाहनेहरुको परीक्षाको फारम आजदेखि खुलेको छ । शुक्रबार अर्थात् आजदेखि शुरु भएको फारम भर्ने कार्यक्रम चैत १७ गतेसम्म जारी रहने वैदेशिक रोजगार विभाग अन्तरगतको ईपिएस कोरिया शाखा ग्वार्कोले जनाएको छ । १८ वर्ष पूरा भई ३९ वर्ष नकाटेका व्यक्तिले अनलाईन प्रणालीबाट फाराम भर्न पाउने व्यवस्था गरिएको छ ।

उक्त कार्यालयले परीक्षा २०७६ जेठ २५ र २६ गते सञ्चालन भई असार १३ गते परीक्षाको नतिजा प्रकाशित हुने बताएको छ । शाखाले सन् २०१९ मा १० हजार ५० जना नेपाली कोरिया जाने भनी चलेको चर्चा सत्य नभएको भन्दै उक्त सख्या पहिलो चरणको भाषा परीक्षाबाट उत्तीर्ण हुने संख्या मात्रै भएको बताएको छ ।

यसअघि भाषा परीक्षा उत्तीर्णहरु रोजगारीका जाने गरेका भएपनि यस वर्षबाट भाषा परीक्षासँगै सीप परीक्षणमा पनि उत्तीर्ण युवाहरुमात्र कोरिया जान पाउनेछन् । गत वर्षसम्म पढ्ने र सुन्नेगरी ५० वटा प्रश्नकोउत्तर दिनुपर्ने व्यवस्था गरिएकोमा यस वर्ष दुवैतर्फ २०÷२० गरी ४० वटा बनाइएको छ ।

प्रकाशित मिति: ८ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्