जनकपुरमा आज होली मनाइँदै


 


जनकपुर चैत ८ मिथिलाञ्चलको विशिष्ट पर्व होली जनकपुरमा आज धुमधामका साथ मनाइँदै छ । विहानैदेखी नगरको विभिन्न स्थानमा युवायुवतीहरु एक अर्कालाई रंग अवीर दली होली पर्व मनाइ रहेका छन । नेपालमै जनकपुरधाममा एक विशेष प्रकारले होली मनाउने गरिन्छ ।

१५ दिने मध्यमा परिक्रमाको समापन भएको एकदिन पछि जनकपुरमा होली मनाईने गरिन्छ । जनकपुरको चोक चोकमा जोगिरा गायनका साथै मटकाफोर कार्यक्रमहरु भइरहेका छन् । जनकपुरको होली हेर्न ठूलो संख्यामा विदशी पर्यटकहरु जनकपुर पुगेका छन ।

त्यस्तै रौतहट लगायतका जिल्लामा पनि आज भोली मनाइदैछ । होली बिहिबार परेकाले माछा मासु खान नहुने भएकाले दुई नम्बर प्रदेशमा आज पनि होली मनाइन लागेको हो ।

प्रकाशित मिति: ८ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्