राष्ट्रपति र प्रधानमन्त्रीको तस्विर जोडेर गलत सन्देश दिनेलाई पक्राउ गर्न युवासंघको माग


 


काठमाडौं, चैत ८

युवा संघ नेपालले पछिल्लो पटक सामाजिक सञ्जालमा फोटोहरु इडिट गरी गलत सन्देश प्रवाह गर्नेलाई कानुनी दायरामा ल्याउन माग गरेको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीको फोटोहरु इडिट गरेर गलत सन्देश प्रवाह गर्ने अपराधिक गिरोहलाई कारवाहीको माग गरेको हो । तत्काल उक्त गलत कार्यगर्ने व्यक्ति र समुहलाई हदैसम्मको कारवाही गर्न युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले माग गर्नुभएको छ ।

उहाको सामाजिक सञ्जालमा स्टाटस यस्तो छ –

विभिन्न अपराधीक गिरोह र हामी नेपाली नामक फेसबुक पेजले सम्माननीय रास्ट्रपतिज्यू र सम्माननीय प्रधानमन्त्रीज्यूको फोटोहरु इडिट गरेर गलत सन्देस प्रवाह गर्ने गरि स्टाटस र फोटोहरु सार्वजानिक गरिरहेको हुदा तत्काल उक्त गलत कार्यगर्ने व्यत्तिः र समुहलाई हदैसम्मको कारबाही का लागि सम्बन्धित निकाय लाई बिनम्र अनुरोध गर्दछौ । सामाजिक संजाल संचालन विधि वनाएर यस्ता अमर्यादित अपमानजनक र अपराधीक कर्ममा लागेको जो कोही व्याक्ती अथवा समुहलाई कानुनी दायरामा ल्याउन सरकारसंग हामी जोडदार माग गर्दछौं ।

प्रकाशित मिति: ८ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्