पाकेटमारी गरेका नेपाली ट्राफिक प्रहरीको फन्दामा


 


काठमाडौं । ट्राफिक प्रहरीले यात्रुवाहक बसमा पाकेटमार गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर बताउने वर्ष १९ का सुमन नेपाली रहेका छन् ।

रत्नपार्कबाट थानकोट जाँदै गरेको बसमा सवार चन्द्रागिरी नगरपालिका–११ का ५८ वर्षीय बद्री श्रेष्ठको गोजीबाट पाकेटमारी गरी भाग्न खोज्दा नेपालीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

महानगरीय ट्राफिक महाशाखाका अनुसार श्रेष्ठको गोजीबाट ५५ हजार चार सय रुपैयाँ पाकेटमारी गरेर कंलकी चोकबाट ओरोलातिर भाग्दै गर्दा ट्राफिक प्रहरी जवान महेन्द्र शर्माले नेपालीलाई पक्राउ गरेका हुन् ।

पक्राउ परेका नेपालीलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि महानगरीय प्रहरी प्रभाग कलंकीमा बुझाएको छ ।

प्रकाशित मिति: ८ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्