अब केहि गर्न नसके सदाको लागि कम्युनिस्ट समाप्त हुन्छौं – नेता गाैतम


 


काठमाडौं । नेकपाका सचिवालय सदस्य वामदेव गौतमले दुई तिहाईको सरकारले केही गर्न सकेनौ भने हामी कम्युनिस्ट सधैंको लागि समाप्त हुने बताएका छन्।

आर्दश दम्पती तथा युवा सम्मान कार्यक्रम बोल्दै नेता गौतमले यस्तो बताएका हुन् । उनले शक्तिशाली सरकारबाट देश बन्नुको विकल्प नरहेको बताए। ‘देश बन्नुको विकल्प छैन, अब देश बन्नै पर्छ ,’ उनले भने ।

राउटे तथा सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठानले गौतम र उन श्रीमती तुलसा थापा, नेकपा नेता अमृतकुमार बोहरा र अष्टलक्ष्मी शाक्य, ऊर्जा, जलस्रोत तथा सिचाईमन्त्री वर्षमान पुन र पूर्व सभामुख ओनसरी घर्ती तथा डा। मदन सत्याल र नर्मदेश्वरी सत्याललाई आर्दश दम्पत्ती सम्मान गरेको छ।

प्रकाशित मिति: ८ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्