को हुन काभ्रे गोलिकाण्डका मुख्य नाईके पक्राउ परेका ओली


 


काठमाडौं/रुकुम जिल्लाको तत्कालीन मोरु भन्ने स्थानमा स्थायी घर भएका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ विप्लव नेकपाका स्थायी समिति सदस्य हुन् । ५ सदस्यीय समितिमा उनी तेस्रो नम्बरमा छन् । माओवादी पार्टी स्थापनादेखि नै सक्रिय सुर्दशन २ पटक सांस्कृतिक विचलनको कारवाहीमा परेका थिए । दोस्रो विवाह गरेपछि तत्कालीन एकीकृत माओवादीको स्थायी समिति सदस्य रहेका उनलाई कारवाही गरिएको थियो ।

कारवाहीमा परेपछि उनले प्रचण्ड नेतृत्वको माओवादी परित्याग गर्दै आफ्नै नेतृत्वमा नयाँ पार्टी खोलेका थिए । त्यसपछि विप्लवको नेकपासँग पार्टी विलय गराएका थिए । २०७२ साल वैशाख ३ गते एकीकृत नेकपा माओवादी पार्टीमा राजीनामा बुझाएका सुदर्शनले पुस १७ गते पार्टी त्यागेको घोषणा गरेका थिए । माओवादी युद्धमा उनले छोरी गुमाएका थिए । तत्कालीन माओवादीभित्र राम्रो अंग्रेजी बोल्न र लेख्न जान्ने तथा अध्ययन र लेखनमा सक्रिय ओलीलाई पार्टीभित्र मास लिडरभन्दा सैद्धान्तिक प्रशिक्षण दिने नेताको रुपमा चिनिन्छ ।

प्रकाशित मिति: ९ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्