विप्लव समुहका इन्चार्ज ओलीसहित नौँ जनालाई काठमाडौं ल्याइयो


 


काठमाण्डौ । ललितपुरको नख्खु स्थित एनसेल टावरमा आक्रमण गरेपछि ‘हिट लिष्ट’मा परेका नेत्रविक्रम चन्द विप्लवका प्रमुख बिस्वास पात्र हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाइ काठमाडौं ल्याइएको छ । प्रहरीले कडा निगरानीका साथ खोजिरहेको उनलाई शनिबार काभ्र्को खानीखोला गाउँपालिकाबाट पक्राउ परेका गरेको थिायो ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका मध्यकमाण्ड इञ्चार्ज समेत रहेकका ओलीका साथै अन्य नौजनालाई अनुसन्धान गरिने भएको हो । एक जनाको ज्यान जाने गरी नख्खुमा भएको आक्रमण ओलीकै योजनामा भएको प्रहरीको दावी छ ।

ओली सहित शंकर अधिकारी, विजय श्रेष्ठ, धर्मराज राजवाहक, रामकृष्ण खतिवडा, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्का पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ९ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्