विप्लवभित्र एक्लिए विश्वकर्मा


 


काठमाडौँ– नेत्रविक्रम चन्दको अति विश्वासपात्र मानिएका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पछिल्लो समय चन्द समूहभित्र एक्लिएका छन् । सरकारबाट गिरफ्तार भएपछि रिहाइका लागि उनले गरेको गतिविधिप्रति आशंका गरिएपछि जिम्मेवारीविहीन बनाइएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा दीपेन्द्र विष्टले लेखेका छन् ।

सरकारले विश्वकर्मालाई गिरफ्तार गरेको ४९ दिनपछि गत असोजमा रिहा गरेको थियो । लगत्तै कपिलबस्तु आसपास बसेको स्थायी कमिटी बैठकले माघ २८ गते राजधानीमा आमसभा गर्ने जिम्मेवारी उनलाई सुम्पेको थियो ।

स्रोतअनुसार दाङ वरपर बसेको अर्को बैठकमा उनले रिहाइका लागि गरेका सबै गतिविधिमा पार्टीले आशंका गर्यो ।

प्रकाशित मिति: १० चैत्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्