नेपाली कांग्रेसका तीन नेता जिल्ला दौडाहमा


 


काठमाडौं चैत १०
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रमुख नेताहरु फेरि देश दौडाहामा निस्किएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह अहिले देश दौडाहमा छन् ।

वरिष्ठ नेता पौडेल चैत १३ गतेसम्मका लागि पूर्वी जिल्लाको भ्रमणमा निस्कएका हुन् । उनका साथमा केन्द्रीय सदस्य डा.चन्द्र भण्डारी,गगन थापा पूर्व सांसद रेशम बानियाँलगायतका नेताहरु रहेका छन् । उनी सिन्धुली, सर्लाही, महोत्तरी र धनुषा लगायतका जिल्लामा आयोजित विभिन्न कार्यक्रमा सहभागि हुनेछन् । पौडेल चैतको ८ देखि १३ गतेसम्म पूर्वी जिल्लाको भ्रमणमा गएकोे उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

पौडेलले चैत ८ गते नेपाल शिक्षक संघ सिन्धुलीका जिल्ला प्रतिनिधिहरूको कार्यक्रमलाई सम्बोधन गर्नेछन् । त्यसैगरी पौडेलको चैत ९ गते सिन्धुली जिल्लाको मरिन गाउँपालिकाको कपिलकोटमा हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनी चैत १० गते नेपाली काँग्रेस जिल्ला कार्यसमिति सर्लाहीले मलंगवामा आयोजना गर्ने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
चैत ११ गते सर्लाही जिल्लामा हुने कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुका साथै पौडेल सोही दिन महोत्तरीको जलेश्वरमा कार्यकर्ता भेलालाई सम्बोधन गर्नेछन् ।

यस्तै पौडेल चैत १२ गते महोत्तरीमा कार्यकर्ता प्रशिक्षणमा सहभागी भएर रात्रि बास बस्न जनकपुर जाने छन् । १३ गते नेपाली काँग्रेस जिल्ला कार्यसमिति धनुषाको आयोजनामा शहीदनगर नगरपालिकाको यदुकुवामा हुने आमसभालाई सम्बोधन र शहीद रामसेवक यादवको शालिक अनावरण कार्यक्रम रहेको छ ।

यसैगरि महामन्त्री डा शशाक कोइरालाले भने आजबाट पश्चिम नेपालको भ्रमणमा निस्केका छन् । महामन्त्री कोइरालाले पाँच नम्बर प्रदेशका विभिन्न जिल्ला भ्रमणको कार्यक्रम तय गरेका हुन । कोइराला आज बर्दियामा कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुनेछन । चैत्र ११ गते बाँकेमा कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम तय भएको उनका नीजि सचिव एंव कांग्रेस महासमिति सदस्य भरत तिवारीले जानकारी दिए ।

महामन्त्री कोइराला बाँकेपछि दाङ जाने कार्यक्रम रहेको छ । कोइराला चैत्र १५ गते पाल्पा पुग्ने कार्यक्रम तय भएको छ । उहाँले पाल्पामा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुनेछ । १५ गते पाल्पा नै बसेर कोइराला चैत्र १६ गते गुल्मीका लागि प्रस्थान गर्नुहुनेछ । उहाँ १५ गते गुल्मी बस्नुहुनेछ भने चैत्र १७ गते नेपाली कांग्रेसको गुल्मी जिल्ला सम्मेलनमा सहभागि भएर काठमाडौं फर्कने कार्यक्रम रहेको छ । इरालाका साथमा केन्द्रीय सदस्य डा मिनेन्द्र रिजाल र कल्याण गुरुङ सहभागी छन् ।

यता पूर्व महामन्त्री प्रकाशमान सिंह पनि चैत १० गते आजबाट देश दौडाहामा निस्किने भएका छन् । नेता सिंह आइतबारबाट पूर्वी जिल्लाहरु झापा, इलाम, पाँचथर र ताप्लेजुङमाको भ्रमणमा जाने उनका प्रेस सहयोगी युपि लामिछानेले जानकारी दिए । लामिछानेका अनुसार चैत्र १० गते नेपाली काँग्रेस झापाको आयोजनामा हुने छलफल कार्यक्रममा सहभागी हुनेछन् ।

यस्तै सोमबार ईलाम, मंगलबार पाँचथर र बुधबार ताप्लेजुङमा हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । नेता सिंहसँगै केन्द्रीय सदस्य बलबहादुर केसी, हृदयराम थानी, सरिता प्रसाईं र काठमाडौँ जिल्ला सभापति सबुज बाँनिया पनि टोलीमा रहेका छन् ।

प्रकाशित मिति: १० चैत्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्