मोरङमा एकाबिहानै माईक्रोको ठक्करबाट बालकको ज्यान गयो


 


मोरङ, चैत १०

मोरङको सुन्दरहैचा नगरपालिका –८ स्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान माईक्रो बसको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ५ ख ३५४ नम्बरको हायस माईक्रोबस आफैँ अनियन्त्रित भई सडक किनारको पिपलको रुखमा ठोक्किदा पैदलयात्री सुनसरी, धरान उपमहानगरपालिका बस्ने १३ वर्षिय सबिन मक्रान्तीलाई ठक्कर दिएको थियो । माईक्रो बसको ठक्करबाट मक्रान्तीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामकुमार राईले जानकारी दिनुभयो ।

दुर्घटनामा माईक्रो बसका सहचालक मोरङ, उर्लाबारी नगरपालिका बस्ने २२ वर्षिय सचिन परियार गम्भिर घाईते भएकाले उहाँको विराट नर्सिङ होम, विराटनगरमा उपचार भईरहेको छ । चालक पथरीशनिश्चरे नगरपालिका – ९ बस्ने २९ वर्षिय रमेश बस्नेत सामान्य घाईते भएकाले उहाँको बेलवारीस्थित नोबेल सामुदायिक अस्पतालमा उपचार भईरहेको छ । माईक्रो बसमा चालक र सह–चालक मात्र सवार रहेका थिए ।

प्रकाशित मिति: १० चैत्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्