प्रचण्ड पत्नी सिता दाहालको स्वास्थ्यमा सुधार, प्रचण्ड परिवार खुशी


 


काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको हाल अमेरिकामा उपचार भइरहेको छ। सीता दाहाल लामो समयदेखि पार्किन्सस् सहितको रोगबाट ग्रसित छन्।

अघिल्लो साता प्रचण्डले पत्नी सीता दाहाललाई अमेरिका लगेर जोन हप्किन्स र सीपीसी सेन्टरमा परीक्षण गराए। यसभन्दा अघि सिंगापुरमा गरिएको रोगको निदान नै सही रहेको भएतापनि उपचार पद्धति र औषधीय विधिमा गरिएको परिवर्तनले सीता दाहालको स्वास्थ्यमा सुधार देखिएको प्रचण्डले बताएका छन्।

सीता दाहाल एक्लै हिंडडुल गर्नसमेत नसक्ने अवस्था रहेकी थिइन्। तर, अमेरिकाको उपचारले उनी केही समयपछि विना सहारा हिंडडुल गर्नसक्ने आशा पलाएको प्रचण्डले बताएका छन्। उनको परीक्षण अमेरिकाको जोन हप्किङ्स अस्पतालको आउटडोर प्यासेन्ट भएको हो।

त्यहाँ पनि उनलाई प्रोग्रेसिभ सुपर न्यूक्लियर प्लासी नामक नै रोग लागेको समेत निश्चित भएको प्रचण्डले जानकारी दिएका छन्। यस सम्बन्धी रोगको अमेरिकामा रहेको अनुसन्धान केन्द्रमा समेत सीताको परीक्षण गरिएको हो। अनुसन्धान केन्द्रको उपचार पद्दतिबाट प्रचण्ड परिवारमा खुशी पलाएको छ। उनी अब आफै हिंडडुल गर्नसक्ने आशा पलाएको छ, प्रचण्डले भने ।

गत असोज १० मा प्रचण्डले सीतालाई उपचारका लागि सिंगापुर लगेका थिए भने त्यस अघि दिल्ली समेत लगिएको थियो । हट वाटर थेरापीका लागि प्रचण्डले गत कात्तिक २६ मा सीतालाई म्याग्दीको तातोपानीमा नुहाउन लगेका थिए।

भ्रमणका क्रममा अमेरिकी सरकारका अधिकारीहरुसँग औपचारिक अनौपचारिक रुपमा छलफल समेत भइरहेको प्रचण्डले बताएका छन्। प्रचण्ड अब छिटै स्वदेश फर्कने भएका छन्।

प्रकाशित मिति: १० चैत्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्