विप्लवलाई प्रधानमन्त्रीको चेतावनी : लुरुलुरु हतियार बुझाउन आउने, नबुझाए कसरी खोस्ने सरकारलाई थाहा छ


 


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई हतियार बुझाउन चेतावनी दिएका छन् । हतियार नबुझाए कसरी खोस्ने सरकारलाई थाहा भएको बताएका छन् । आइतबार संसद बैठकमा बोल्दै उनले सरकारले धेरै पटक आग्रह गर्दा पनि निर्वाचन हुन नदिने, बम पड्काउने, निर्दोष मान्छे मार्ने, कहि अङ्गभङ्ग गर्ने काम भएको बताए ।

उनले भने– ‘कहि मान्छे मार्ने प्रयास गरिएको छ । चन्दाका नाममा मान्छे धम्क्याउने काम भएको छ । जुन कहि दर्ता भएको छैन । जसको कतै ठेगाना छैन । त्यस समूहका क्रियाकलाप अपराधिक छन् । तिनीहरुलाई विध्वंश मच्चाउन पाइँदैन भनेर निषेध गर्यो । कतिपयलाई हनहनी ज्वरो आयो ।’

उनले विप्लव समूहले जलविद्युत आयोजना र टेलिकमका टावरमा आगजनी गरेको भन्दै सरकारले छुट नदिने बताए । उनले भने– ‘जलविद्युत आयोेजनमा बम प्रहार गर्ने रु जनताले फोन गर्न नपाउने रु टेलिफोनका टावरहरुमा आगो लगाउने । सरकारलाई लुरुलुरु हतियार बुझाउन आउने हतियार नबुझाए कसरी खोस्ने त्यो सरकारलाई थाहा छ ।’

प्रकाशित मिति: १० चैत्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्