नेता कृष्ण सिटौलाका नाममा १०७ जनाले गरे रक्तदान


 


काठमाडौँ चैत १०
नेपाली काँग्रेसका पूर्वमहामन्त्री एवं पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौंलाको स्वास्थ्यलाभको कामना गर्दै उपचाररत अस्पतालमै रक्तदान गरिएको छ । सिटौला उपचारत राजधानीको मण्डिखाटारस्थित ह्याम्स अस्पताल परिसरमै आइतबार बिहान ८ बजेदेखि बृहत रक्तदान कार्यक्रम गरिएको हो । नेता सिटौलाको सुभचिन्तकले ‘दुःख बाँडौ, सुख साटौँ’ भन्ने भावनाको साथ आयोजित रक्तदानमा १ सय ७ जनाले रक्तदान गरेका छन् । बिहान ८ बजे बाट सुरुवात कार्यक्रम मध्यान १२ बजे समापन भएको छ ।

‘दुःख बाँडौं, सुख साटौं’ भन्दै यो अभियान थालिएको हो । नेता सिटौलाको स्वास्थ्यमा उल्लेख्य रुपमा सुधार आइरहेको अस्पतालले जनाकारी दिएको छ ।

प्रकाशित मिति: १० चैत्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्