सिंहदरबार प्रवेशमा किन भयो कडाई ? कर्मचारीको झोलासमेत चेकजाँच


 


काठमाडौँ । अघिपछि पास देखाएपछि सिंहदरबार छिर्न पाइन्थ्यो । तर आइतबारबाट भने प्रहरीले सरकारी कर्मचारीको झोलासमेत चेकजाँच गर्न थालेको छ । सुरक्षा चुनौती बढेकाले प्रहरीले सिंहदरबार प्रवेशमा कडाइ गरेको हो ।

सुरक्षा जाँचका कारण सिंहदरबारको दक्षिणी गेटमा लामो लाइन हुन थालेको छ । आइतबार त माइतीघर मण्डलासम्मै लाइन पुगेको थियो । खानतलासीबारे सोध्दा प्रहरीले माथिबाटै चेकजाँचमा कडाइ गर्न आदेश आएको जवाफ दिएका छन् ।

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृवको नेकपाका नेताहरु प्रक्राउ परिरहेको र कुनै उनीहरुले एक्सन लिने खतरा रहेका कारण सुरक्षा बढाइएको प्रहरी स्रोत बताउँछ । प्रहरीले विद्रोही विप्लव पार्टीका नेता हेमन्तप्रकाश ओलीलाई काभ्रेबाट गिरफ्तार गरेर राजधानी ल्याएको छ ।

प्रकाशित मिति: ११ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्