अब केही दिनमै नेपाली कामदार मलेसिया जान थाल्छन् : मन्त्री विष्ट


 


काठमाण्डौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले अबको केही दिनमै नेपाली कामदार मलेसिया जान थाल्ने बताउनुभएको छ ।

केही हामीले, केही मलेसियाले प्रक्रिया अगाडि बढाउनुपर्ने थियो। मलेसिया सरकारले स्वास्थ्य परीक्षण मापदण्ड पठाउने त्यसैका आधारमा र त्यस्ता स्वास्थ्य संस्था छनोटमा उसैको सहमतिको आधारमा अगाडि बढ्ने भनिएको थियो। मन्त्री विष्टले भन्नुभयो – हामीले स्वास्थ्य परीक्षण मापदण्ड माग पनि गरेका थियौं। उहाँहरूलाई पनि केही समय लाग्यो। ढिलै भए पनि त्यो मापदण्ड आएको छ। त्यसलाई सूचनाको रुपमा अगाडि बढाउँदै छौं।

सम्झौतमा हस्ताक्षर भएको २४ घण्टा बितिसक्यो किन कार्यान्वयन भएन भन्ने आम नेपाली सोच्छन्, तर त्यस्तो हुँदैन। नेपालमा बिचौलिया समस्याका कारण वैदेशिक रोजगारीमा थप समस्या छ। त्यसैले नेपाली युवा नठगियून् भनेर प्राविधिक पक्ष मिलाउन हामीलाई समय लागेको हो। मन्त्री विष्टले भन्नुभयो । मन्त्री विष्टले जापान सम्झौतासंगै मलेसियामा श्रमिक पठाउने सिलसिला केही दिनभित्रै शुरु हुने बताउनुभयो ।

प्रकाशित मिति: ११ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्