चैत महिनाभित्रै विप्लवका गतिविधि नियन्त्रण गर्ने प्रधानमन्त्रीको उद्घोष


 


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसात्मक गतिविधि गरिरहेको विप्लव समुहका गतिविधि चैत महिनाभित्र नियन्त्रण गरिसक्ने बताएका छन् ।

नेपाल कम्यूनिष्ट पार्टी नेकपाको संयुक्त संसदीय दलको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । ‘उहाँहरु सहमतिमा आए ठिकै छ । नत्र विप्लव समूहका अतिवादी क्रियाकलाप चैतभित्रै सरकारले नियन्त्रण गर्छ’ प्रधानमन्त्री ओलीले भने ‘विकास निर्माणमा अवरोध, शिक्षा स्वास्थ्यमा अवरोध गर्ने,चन्दा माग्ने, मान्छे मार्ने अनि अनि हँसियाहथौडा अंकित झण्डा प्रयोग गर्ने यस्तो प्रवृत्तिलाई सरकारले नियन्त्रण गर्छ नै ।’

प्रधानमन्त्री ओलीले संसदको हिउँदे अधिवेशन सकिएकोले सांसदहरुलाई जिल्ला र क्षेत्रमा जान निर्देशन दिए । जिल्ला र क्षेत्रका जनतासँग सरकारले गरेका कामहरुको बारेमा प्रचार गर्न र विपक्षीले लगाएका निराधार आरोपको खण्डन गर्न समेत सांसदहरुलाई प्रधानमन्त्री ओलीले निर्देशन दिए ।

प्रकाशित मिति: ११ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्