प्रधानमन्त्रीले ओलीले भने : नेकपाको लोकप्रियता झनझन् बढ्दै गयो


 


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा नेकपाको लोकप्रियता अझै बढिरहेको बताएका छन् । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को संयुक्त संसदीय दलको बैठकलाई सोमवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

उनले भने, -देशमा नेकपा जस्तो स्पष्ट नीति,लक्ष्य भएको अर्को पार्टी छैन । हाम्रो स्पष्ट लक्ष्य छ समृद्धिसहितका सुखी नेपाली । यही लक्ष्यलाई प्राप्त गर्न सरकार दत्तचित्त भएर लागिपरेको छ । एक फरक प्रसंगमा उनले हिंसात्मक गतिविधि गरिरहेको विप्लव समूहका गतिविधि चैत महिनाभित्र नियन्त्रण गरिसक्ने बताए ।

प्रकाशित मिति: ११ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्