बाडुली लागे राेक्न के गर्ने ?


 


baduliकसैले सम्झियो भने बाडुली लाग्ने बताइने गरे पनि बाडुली लाग्ने कारण अरू नै छन् । पेटमा ग्यास फर्मेसन भएमा, छिटोछिटो खाना निलेमा, पिरो खाएमा, रक्सी खाएमा बाडुली लाग्न सक्छ । बाडुली लागेपछि तत्काल हटेन भने यसो गर्न सकिन्छः

कागती र मह एक चम्चा कागतीको रसमा एक चम्चा मह मिसाउने  र चाट्ने ।

श्वास रोक्ने बाडुली लागिरहेमा लामो श्वास लिएर केही सेकेन्डसम्म श्वास रोकी बिस्तारै श्वास फेर्ने गरेमा पेटमा जम्मा भएको कार्बोन्डाइअक्साइडका कारण बाडुली लाग्न बन्द हुन्छ ।

मरिच तीनवटा मरिचमा अलिकति चिनी अथवा मिस्रीको टुक्रा मिलाइ मुखमा हालेर चपाएर चुस्ने गर्नाले बाडुली लागेको निको हुन्छ ।

चिनी बाडुली लाग्यो भने एक चम्चा चिनी मुखमा हाली चुसेमा पनि बाडुली निको हुन्छ ।

नुनपानी पानीमा थोरै नुन मिसाइ एक÷दुई घुट्को पिउँदा पनि बाडुली रोकिन्छ । बिस्तारै खाने खाँदा बाडुली लागिरहन्छ भने बिस्तारै खाने गर्नुपर्छ ।

प्रकाशित मिति: २७ माघ २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्