अाजकाे राशिफल


 


वि.सं. २०७२ साल माघ २८ गते। बिहीबार। इश्वी सन् २०१६ फेब्रुवरी ११ तारिख। नेपाल संवत् ११३६ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– तृतीया, १५:२२ बजेउप्रान्त चतुर्थी। तपाइकाे अाजकाे राशिफल हेर्नुहाेस्
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesहोसियारीसाथ काम लिनुपर्ने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। धेरै लगानीपछि कममात्र फाइदा हुनेछ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusमेहनत गर्दा अलि कम मूल्य प्राप्त हुनेछ। तापनि उठ्नुपर्ने रकम हातलागी हुनेछ। स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुने समय छ। आँटेका काम बीचमा अवरुद्ध बन्न सक्छन्। भएको आम्दानी र सञ्चित रकम समेत खर्च हुने सम्भावना छ। सोचेको फाइदा उठाउन अलि नसकिएला। खर्चको मात्रा बढ्नुका साथै परिस्थिति अन्योलमय बन्ने सम्भावना छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiप्रतिष्ठित काम गर्ने मौका छ। काममा शुभचिन्तकहरूको सहयोग जुट्न सक्छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerआस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुन सक्छ। धेरैलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुने समय छ। ईष्र्या गर्नेहरूले सताउन सक्छन्। विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoपहिलेका समस्या दोहोरिन सक्छन्। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। मुख्य काममा बाधा हुने देखिन्छ। सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ। सवारीमा सावधानी अपनाउनुहोला। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। पढाइलेखाइमा पनि समय दिन नसकिएला सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन्, सजग रहनुहोला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoबलजफ्ती गर्दा समस्या उत्पन्न हुन सक्छ। अधैर्यपनाले काममा बाधा हुनेछ। व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ। विवादमा परिने र बाध्यताका काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ। दाम्पत्य सम्बन्धमा पनि असमझदारी वा प्रतिस्पर्धाको समय छ। अध्ययनमा धेरै समय दिन नसकिएला। सवारीसाधन उपयोग गर्दा पनि अलि सावधानी अपनाउनुहोला।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraपरिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हठ गर्ने बानीले दुःख पाइनेछ भने सद्विचार लिनेहरूका लागि मात्र समय उत्साहजनक रहनेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioस्वास्थ्य कमजोर रहे पनि सुखद समाचारले अझ उत्साह बढ्नेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापारमा लाभ हुनेछ र व्यावसायिक यात्रा सम्भावना छ। प्रयत्न गरेका काम बिस्तारै भए पनि सम्पादन हुनेछन्। पढाइलेखाइमा सामान्य प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला। व्यवसायमा केही अवरोध आउन सक्छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusपरिस्थिति अलि प्रतिकूल रहने देखिन्छ। साझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिनाले दुःख पाइनेछ। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। पशु र कृषिबाट सोचेको लाभ नउठ्न सक्छ। आमाको माध्यमबाट काम बनाउन सकिनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornनयाँ काम प्रारम्भ गर्ने समय छ। मनग्य धनलाभ हुनेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। विशेषगरी नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। आवश्यकता भन्दा सोखका विषयमा खर्च हुनेछ। कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला। प्रियजनबाट पनि अलि टाढिनुपर्ने समय छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusसजिलै काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सहयोगीहरूले काममा साथ दिनेछन्। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका प्राप्त हुनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesविगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। तपाईंलाई अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन होला। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। नयाँ रचनात्मक काम सुरु गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। पहिलेका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।

प्रकाशित मिति: २८ माघ २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्