अाजकाे राशिफल


 


अाज मिति वि.सं. २०७२ साल फागुन १ गते। शनिबार। इश्वी सन् २०१६ फेब्रुवरी १३ तारिख। नेपाल संवत् ११३६ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– पञ्चमी, १०:४२ बजेउप्रान्त षष्ठी। तपाइकाे अाजकाे राशिफल हेर्नुहाेस्

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

पारिवारिक जमघटमा मन रमाउनेछ। तर, भेटघाटको अलमलले नोक्सान पुर्याउन सक्छ। नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ। स्वादिष्ट भोजनमा मन रमाउनेछ। अध्ययनमा मन नलागे पनि आत्म–विश्वास बढ्नेछ। रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काम समेत पाइनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। काममा लगानीको समय छ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। घरखर्च बढ्नेछ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। बनिसकेको काम बिग्रन सक्छ, सजग रहनुहोला। होसियारीसाथ काम लिनुपर्ने समय छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

सोचेको फाइदा उठाउन अलि नसकिएला। खर्चको मात्रा बढ्न सक्छ। परिस्थिति अन्योलमय बन्न सक्छ। मेहनत गर्दा अलि कम मूल्य प्राप्त हुनेछ। तापनि उठ्नुपर्ने रकम हातलागी हुनेछ। स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुने समय छ। आँटेका काम बीचमा अवरुद्ध बन्न सक्छन्। भएको आम्दानी र सञ्चित रकम समेत खर्च हुने सम्भावना छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

अवसरका लागि जोखिमपूर्ण वा तत्काल लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। कामको सन्दर्भमा शक्तिशाली व्यक्तित्वहरूसँग प्रतिस्पर्धा हुन सक्छ। नोकरी र राजनीतिमा लाग्नेहरूलाई पनि समय चुनौतीपूर्ण नै देखिन्छ। अरूको विश्वास जिते पनि आफन्तबाट धोका पाइएला। मानसम्मानमा आघात वा अनावश्यक ठाउँमा खर्च हुने योग छ, सचेत रहनुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन्। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ। मंगलमय कृत्य सम्पादन गर्ने समय छ। तीर्थाटनको अवसर प्राप्त हुनेछ। धेरैले तपाईंको तारिफ गर्नेछन्। कीर्तिमानी काम सम्पादन हुन सक्छ। प्रतिष्ठा कमाउने बेला छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। पढाइलेखाइमा पनि समय दिन नसकिएला। पहिलेका समस्या दोहोरिन सक्छन्। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। मुख्य काममा बाधा हुने देखिन्छ। सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ। सवारीमा सावधानी अपनाउनुहोला। सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन्, सजग रहनुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने समय छ। सोचेको लाभ नमिल्न सक्छ। केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला। आफन्तसँग असमझदारी बढ्न सक्छ। बाध्यताका काममा अलमलिनुपर्ला। पतिपत्नीमा पनि अविश्वास बढ्ने योग छ। सामान्य आम्दानी भइरहनेछ। व्यवसायमा पनि फाइदै हुनेछ। यात्रा गर्दा धनमाल हराउन सक्छ, सचेत रहनुहोला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

सफलताका लागि प्रतिस्पर्धा गर्नुपर्ने समय छ। शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती समेत सामना गर्नपर्ला। तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। व्यापार तथा उद्योगतर्फ फाइदाकै योग छ। यात्राको व्यवस्थापनमा खर्च हुनेछ। द्वन्द्व तथा प्रतिस्पर्धामा सावधानीसाथ जुट्नुपर्नेछ। व्यावसायिक काममा फाइदा उठे पनि भोग–विलासमा धन खर्च हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

बौद्धिक कार्यबाट धनलाभ हुनेछ। आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। गुरुजनको विशेष सहयोग जुट्नेछ। प्रयत्न गरेका काम ढिलै सम्पादन भए पनि उपलब्धि राम्रै पाइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। विभिन्न अवसरले पछ्याउनेछन्। सन्तान वा सहयोगीका माध्यमबाट काम सम्पादन हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

प्रयत्न गर्दा विशेष काम गर्ने वातावरण तयार हुनेछ। व्यवहारले अरूको विश्वास जित्न सकिनेछ। हडबड गर्दा काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। महत्वाकांक्षी योजना कार्यान्वयन गर्न समय पर्खंदा राम्रो हुनेछ। शक्तिशाली व्यक्तिहरूको सहयोग लिने प्रयत्न गर्नुहोला। सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ। आँटले काम लिँदा फाइदा हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

सञ्चित रकम खर्चनुपर्ने आवश्यकता पर्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। पारिवारिक असमझदारीले केही अप्ठ्यारो पर्न सक्छ। तापनि, मेहनत गर्दा सामान्य फाइदै हुनेछ। परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। सहयोगीहरूले हात झिके पनि हिम्मतले काम लिन सकिनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन भने अलि खिन्न हुन सक्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

शुभचिन्तकहरूले साथ दिनेछन् र विभिन्न अवसर पाइनेछ। तर, आफ्नै कमजोरीले चिताएको काममा व्यवधान आउन सक्छ। यसले फुत्कने सम्भावना देखिन्छ। सहयोगी वा हितैसी जनले आफ्ना कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्। अलि द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने योग छ। धैर्यसाथ निरन्तरको प्रयत्नले फाइदा हुनेछ।

प्रकाशित मिति: १ फाल्गुन २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्