४.३ रेक्टर स्केलको भूकम्प


 


काठमाडौं, फागुन २

सिन्धुपाल्चोक केन्द्र विन्दु भएर फेरि पराकम्प गएको छ । शनिबार राति ८ बजेर २२ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्र विन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

पराकम्पको धक्का काठमाडौंमा पनि महशुुस गरिएको थियो । यस अघि गएको २७ गते सिन्धुपाल्चेक नै केन्द्र विन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलको, २२ गते ५ दशमलव ५ र १३  गते ४ दशमलव ४  रेक्टर स्केलको पराकम्प गएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार वैशाख १२ गतेको भूकम्पपछि ४ रेक्टर स्केल भन्दा माथिका ४ सय ३१ पटक पराकम्प गइसकेका छन् ।

 

प्रकाशित मिति: २ फाल्गुन २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्