अाजकाे राशिफल


 


अाज मिति वि.सं. २०७२ साल फागुन ६ गते। बिहीबार। इश्वी सन् २०१६ फेब्रुवरी १८ तारिख। नेपाल संवत् ११३६ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– एकादशी, २३:२० बजेउप्रान्त द्वादशी। तपाइकाे अाजकाे राशिफल हेर्नुहाेस्

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

बोलीको गलत अर्थ लाग्नाले वादविवाद हुन सक्छ। काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्नसक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। सहयोगीहरू टाढिन सक्छन्। लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ। विगतको श्रमबाट भने लाभ हुनेछ। काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ। फाइदा कममात्र हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने देखिन्छ। भेटघाटको अलमलले आजको योजना बिग्रन सक्छ। सोचेको काम समयमा सम्पादन गर्न नसकिएला। आत्मीय जनसँग असमझदारी वा मनमोटाव बढ्ने देखिन्छ। निर्णायक क्षमतामा कमी आउला। हातमा आएको प्रतिफल गुम्न सक्छ। अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

समयमा होसियार बन्न नसक्दा समस्यामा परिनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। खर्चअनुसार फाइदा उठाउन नसकिएला। उपलब्धि उठाउन मुस्किल पर्नेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै फाइदा हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

लाभ हुने काम प्रारम्भ गर्ने समय छ। साझेदारीमा पनि फाइदा हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ। आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नता पनि मिल्नेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन्। नयाँ काम र जिम्मेवारी हात पार्न सफल भइनेछ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। मंगलमय कृत्य सम्पादन गर्ने वा तीर्थाटनको योग छ। धेरैले तपाईंका कामको तारिफ गर्नेछन्। कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ। प्रतिष्ठा कमाउने बेला छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

पहिलेका समस्या दोहोरिन सक्छन्। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। मुख्य काममा बाधा हुने देखिन्छ। सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ। सवारीमा सावधानी अपनाउनुहोला। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। पढाइलेखाइमा पनि समय दिन नसकिएला सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन्, सजग रहनुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

दिन रमाइलो रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। तर व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ। यात्रामा पनि केही समस्या आउलान्। सोख तथा मनोरञ्जनले खर्च बढाउला। आम्दानी मनग्य भए पनि अर्थ सञ्चय गर्न नसकिएला। नयाँ सवारी साधन प्राप्तिको योग छ। दाम्पत्य सुखको आनन्द प्राप्त हुनेछ। प्रेमको बन्धन कसिन सक्छ। आतिथ्यपूर्ण सम्मान पनि पाइएला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हठ गर्ने बानीले दुःख पाइएला। सद्विचार लिनेहरूका लागि समय उत्साहजनक रहनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

दिन उत्साहपूर्ण रहला। सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। पढाइलेखाइमा प्रगति हुनेछ। आफ्नो प्रतिभाको कदर हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

परिवारजनको सहयोगले फाइदा लिन सकिनेछ। मान्यजनसँग असमझदारी बढ्न सक्छ। आत्मीयजनबाट टाढिनुपर्ला। विगतका निर्णयले काममा चुनौती आउने देखिन्छ। मान्यजनको सुझाव अप्रिय लाग्नेछ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। मातृधन तथा राय–सुझावबाट लाभ उठाउन सकिनेछ। पशुधन र जमिनबाट पनि लाभ होला।

प्रकाशित मिति: ६ फाल्गुन २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्