अाजकाे राशिफल


 


अाज मिति वि.सं. २०७२ साल फागुन १० गते। सोमबार। इश्वी सन् २०१६ फेब्रुवरी २२ तारिख। नेपाल संवत् ११३६ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– पूर्णिमा, २३:२१ बजेउप्रान्त प्रतिपदा। तपाइकाे अाजकाे राशिफल हेर्नुहाेस्

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बौद्धिक कार्यबाट धनलाभ हुनेछ। समयसापेक्ष अभियानद्वारा धेरैलाई आकर्षित तुल्याउन सकिनेछ। आफ्नो प्रतिभाले प्रशंसा तथा प्रसिद्धि पाउने समय छ। गुरुजनको विशेष सहयोग जुट्नेछ। अध्ययनमा प्रगति हुनेछ। इच्छाशक्ति बढ्नुका साथै चिताएको काम सजिलै सम्पादन हुनेछ। दाम र इनाम प्राप्त हुन सक्छ। सन्तानका माध्यमबाट काम बनाउन सकिनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

हडबड गर्दा काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। महत्वाकांक्षी योजना कार्यान्वयन गर्न समय पर्खंदा राम्रो हुनेछ। प्रयत्न गर्दा विशेष काम गर्ने वातावरण तयार हुनेछ। व्यवहारले अरूको विश्वास जित्न सकिनेछ। नाम चलेका व्यक्तिहरूको सहयोग लिने प्रयत्न गर्नुहोला। सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ। पशुधन र जमिनबाट मनग्य लाभ मिल्न सक्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। सहयोगीहरूको भावना बुझ्न नसक्दा केही अप्ठ्यारोमा परिनेछ। सञ्चित रकम खर्च गर्नुपर्ने आवश्यकता पर्न सक्छ। कृषि तथा पशुपालनमा लागत बढ्नेछ। पारिवारिक असमझदारीले पनि काममा अप्ठ्यारो पर्न सक्छ। तापनि, मेहनत गर्दा फाइदै हुनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन भने खिन्न रहनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सफलताले उत्साह जगाउनेछ। सानो प्रयत्नले ठूलो काम बन्न सक्छ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। अरूलाई समेत फाइदा दिलाउन सकिनेछ। सहयोगीहरूले काममा साथ दिनेछन्। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। शुभचिन्तकहरूको सहयोगले नयाँ कार्य थालनी हुन सक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। तपाईंलाई अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन होला। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। नयाँ रचनात्मक काम सुरु गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। धैर्यले काम लिने समय छ। छर–छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। नयाँ जिम्मेवारी पाइएला। पारिवारिक आवश्यकता पूर्ति हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। पैत्रिक धनको उपयोगबाट विशेष फाइदा हुनेछा। सोचेभन्दा राम्रै फाइदा हुनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्। विशेष योजना गोप्य राख्नुहोला। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। समुदायको भलाइ हुने काम सम्पादन गर्न सकिनेछ। विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। भाग्यले नचिताएको फाइदा दिलाउन सक्छ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसरले पछ्याउनेछन्। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्। कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सहयोगीहरू जुटिदिनाले आँटेका कामहरू पनि सजिलै बन्नेछन्।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। सहयोगीहरूले अप्ठ्यारो समयमा साथ दिनाले चुनौतीहरूलाई पार लगाउन सकिनेछ। गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ। तापनि, सानातिना समस्याले अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ। स्वास्थ्यमा सामान्य कमजोरी अनुभूति हुन सक्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यवसायमा लाभ लिने समय छ। यात्रा पनि सम्भावना छ। दाम्पत्य जीवन रमाइलो रहनेछ। आम्दानी प्रशस्तै बढ्नेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। आतिथ्यपूर्ण सम्मान पाइएला। मेहनतले धेरैको मन लोभ्याउने उपलब्धि आर्जन हुनेछ। जीवनशैलीमा परिवर्तन आउन सक्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्। झुटा आरोप समेत आइलाग्ने समय छ। सरकारी कडिकडाउको सिकार भइनेछ। अन्याय गर्नेहरूले सताउनेछन्। मालमत्ता हराउन सक्छन्। आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला। अनावश्यक दौडधुपमा समय बित्नेछ। फाइदाका लागि आफ्ना योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ।

प्रकाशित मिति: १० फाल्गुन २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्