नेकपाका महासचिव पौडेललाई भतिज भिष्मराजको खुल्ला पत्र !


 


झापा । नेकपाका महासचिव तथा पुर्ब अर्थमन्त्री बिष्णु प्रसाद पौडेललाई आफ्नै भतिजले मार्मिक पत्र लेखेका छन् ।

बालुवाटारको ८ आना सरकारी जग्गा आफ्नो नाममा देखिएपछि विवादमा मुछिएका पौडेल सबैतिर आलोचित बन्दै जादाँ नैतिकताको आधारमा पार्टी महासचिव पदबाट राजीनामा दिनु भन्ने सुझावसहितको खुल्ला पत्र भतिज भिष्मराज पौडेलले पठाएका हुन् ।

हेरौ भतिजले काकालाई पठाएको खुल्ला पत्र जस्ताको तस्तै !

कमरेड महासचिव,लाल सलाम !
तथा श्रद्देय काका सेवा ढोग !

खासै लेखनीय सामाग्री त केहि थिएन यधपी, यहाँको समाचार भाइरल भईरहँदा एउटा कार्यकर्ता र भतिजको हैसियतले नलेखी बस्न सकिन । कमरेड बर्गिय मुक्तिको लागी लडेका तपाईको इतिहास आज उड्न बाकी रहेको खरानी जस्तो भएको महशुस भएको छ ।

मलाई, बुट्वलको माटो र जनताले सम्मान गरेको भुलेर बालुवाटार नै किन्ने यहाँको अक्षम्य दुस्साहसको कालो झण्डाले सम्मान गर्दछु । काकाजी हजुरबुबाको अंशनै काफी हुँदा हुँदै उल्फाको धनले यहाँको राजनैतिक, सामाजिक सबै क्षेत्र तहसनहस भएको छ ।

साथै त्यो ८ आना जग्गा किन्न हुँदैन भन्ने तपाई जत्तिको मान्छेलाई पक्का थाहा हुनु पर्ने हो । २/३कै महासचिव भएको हुँदा छानविन होला नहोला त्यो अर्कै कुरो हो , तर म जस्ता, (नेताको मलद्वारलाई हरिद्वार नमान्ने) कार्यकर्ताको आन्तरिक (लाटो) छानविनले यो काण्ड सरासर तपाईंको सम्पत्ति मोहको पराकाष्ट बाहेक केहि होइन भन्ने बुझेको छु ।

रुपन्देहीबाट संसद भवन पहिलो पटक छिर्दा लगभग हराउने मान्छे आज कसरी बालुवाटार नै किन्न सक्छ ? उत्तर छ, कसैसँग ? मेरो यो पत्रले गोकुल बास्कोटा एण्ड कम्पनीलाई तनाव त होला । १/२ ठाउँ कारबाहीको कुरा नि गर्लान् यद्यपी, पार्टी हामीजस्ता तलका मान्छेको पनि योगदानले बनेको हुँदा, पार्टीलाई माटोमा मिलाउन बाट जोगाउन र हाम्रो कुललाई कलंकित हुनबाट बचाउन महासचिव पदबाट राजीनामा गरी यो काण्डको सहज अवतरण गराइदिनुहुन सादर अनुरोध छ ।

क्रान्तिकारी अभिवादन सहित उहि भतिज भिष्मराज पौडेल

प्रकाशित मिति: २९ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्