नयाँ वर्षमा देउवाले भने : ओली सरकार आफ्नै कारणले ढल्छ


 


धनगगढी । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार आफ्नै कारणले ढल्ने भविष्यवाणी गरेका छन।

विभिन्न कार्यक्रममा सहभागी हुन शनिबार धनगढी पुगेका देउवाले सरकार गठनको एक वर्षसम्म पनि कुनै काम नभएको भन्दै सरकार आफ्नै कारणले विघटन हुने बताएका हुन्। प्रेस युनियन कैलाली शाखाले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले सरकार गठन भएपछि मुलुकमा हत्या हिंसामा वृद्धि भएको बताए।

सरकारले उपलब्धिमूलक केही काम गरेको छैन’ सभापति देउवाले भने, ‘बरु सरकार गठन भएपछि हत्या हिंसा बढिरहेको छ।’ उनले सरकारकै लापरबाहीले निर्मलाको हत्या प्रकरणको तथ्य बाहिरिन नसकेको आरोप लगाए। उनले भने, ‘अहिले हत्या हिंसा बढिरहेको छ। निर्मलाको हत्यारालाई समेत सरकारले बचाइरहेको छ।’

प्रकाशित मिति: १ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्