बागमती नदीमा मिनी पानीजहाज सञ्चालन


 


रौतहट । दुईवटा प्रदेशको चार जिल्लालाई पायक पर्ने गरी बागमती नदीमा आइतबारबाट मिनी पानीजहाज मोटरबोट सञ्चालनमा ल्याएको छ । प्रदेश नम्बर ३ को मकवानपुर र सिन्धुली जिल्ला त्यस्तै प्रदेश नम्बर २ को रौतहट र सर्लाही जिल्लाको बीचमा पायक पर्ने गरी बागमती नदीबाट गन्तव्यमा पुग्नेगरी मोटरबाट परीक्षणका लागि सञ्चालनमा ल्याइएको हो ।

मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सांसद तथा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालको नेतृत्वमा बागमती नदीबाट चार जिल्लाका नागरिकले यात्रा गर्न सकून् भनेर मोटरबोट सञ्चालनमा ल्याइएको हो ।

मोटरबोट सञ्चालनमा आए पछि मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर २ राईगाउँ, सिन्धुली जिल्लाको हरिहरपुर गढी गाउँपालिका, सर्लाहीको बागमती नगरपालिका र रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाका नागरिकलाई जलमार्गबाट गन्तव्यसम्म पुग्न सहज हुन्छ ।

प्रकाशित मिति: १ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्