आदित्यनाथ र मायावतीलाई चुनावी प्रचारमा प्रतिबन्ध


 


नयाँदिल्ली, २ वैशाख
निर्वाचन आयोगले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र बहुजन समाज पार्टीकी सुप्रीमो मायावतीलाई चुनावी अभियान चलाउनका लागि केही समय बन्देज लगाइएको बीबीसीले जनाएकाे छ ।

लोकसभा निर्वाचनका क्रममा आदर्श आचारसंहिता उल्लंघन गरेको भन्दै भारतको चुनाव आयोगले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई ७२ घन्टा र मायावतीलाई ४८ घन्टा प्रतिबन्ध लगाएको हो । यो प्रतिबन्ध १६ अप्रिलबाट लागू हुनेछ ।

निर्वाचन आचार संहिता उल्लंघन गरेकाले प्रतिबन्ध लगाउनु परेको भारतीय चुनाव आयोगले जनाएको छ । मायावती र योगीको टिप्पणी निर्वाचन आयोगले आपत्तिजनक रहेको जनाएको छ ।

केही दिन पहिले देवबन्दमा एक र्यालीका क्रममा मायावतीले मुस्लिम मतदातालाई भावनामा बहेर आफ्नो मत बाढिन नदिन आग्रह गरेकी थिइन् । त्यस्तै मुख्यमन्त्री योगी आदित्यनाथले बजरंगबली तथा अली भनेर मायावतीउपर निशाना साँधेका थिए ।

निर्वाचन आयोगले योगी र मायावतीको अभिव्यीक्त आपत्तिजनक पाएको भन्दै प्रतिबनध लगाएको जनाएको छ ।

प्रकाशित मिति: २ बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्