कुलमान घिसिङको कमाल ! विद्युत प्राधिकरणले आशा गरेको भन्दा दोब्बर नाफा कमायो


 


काठमाडौं । यस पटक नेपाल विद्युत प्राधिकरण नाफामा गएको छ । लोडसेडिङको अन्त्यसँगै प्राधिकरणले खुद नाफा कमाएको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले देखाएको छ ।

प्राधिकरणले गत आर्थिक वर्ष २०७४/७५ मा मात्रै २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत भदौमा आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन हुने अनुमान प्राधिकरणको थियो । तर अनुमान गरिएभन्दा बढि २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ नाफा देखिएको हो ।

यता, कार्यकारी निर्देशक कुलमान घिसिङलाई अनियमितताको आरोप लागेको थियो । महालेखाको प्रतिवेदनले अनियमितता नभएको देखाएको छ । यसले घिसिङलाई राहत मिलेको छ । २०७३ भदौमा घिसिङ कार्यकारी निर्देशकमा नियुक्त हुँदा प्राधिकरण ८ अर्ब ८९ करोड खुद नोक्सानीमा थियो ।

प्रकाशित मिति: २ बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्