काँग्रेसले भन्यो : प्रधानमन्त्रीको अभिव्यक्तिले बालबालिकालाई नकारात्मक असर


 


काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीले बेलाबखत दिने गरेको अभिव्यक्तिको आलोचना गरेको छ। सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले उनका अभिव्यक्तिले बालबालिकालाई नकारात्मक असर पर्ने बताए।

ुप्रधानमन्त्रीले बोल्दै गर्दाखेरि भन्नुभयो– यो सरकारको विरोधमा कसैले बोल्नुभयो भने बुढापाकाले लाठ्ठी लगाउलान्। बालबालिकाको सामुन्ने बोल्यो भने ढुंगामुढा गर्लान्। जिम्मेवार प्रधानमन्त्रीले राखेको यो अभिव्यक्ति नेपालको संविधानले प्रत्याभूत गरेको शान्ति सुरक्षाको सन्दर्भमा राख्नुपर्ने अभिव्यक्ति अनुरुप छरु कि द्वन्द्व सिर्जना गर्छ?, उनले प्रश्न गरे।

टेलिभिजनमा प्रधानमन्त्री बोल्न थालेपछि बुढाबुढीले प्रशस्तै मनोरञ्जन प्राप्त गरेको उनले बताए। त्यतिसम्म त ठीकै हो। तर उहाँका यस्तो ढंगको अभिव्यक्ति आउँछन्। जसको नकारात्मक प्रभावबाट बालबालिकालाई असर नपरोस् भनेर टेलिभिजनको च्यानल बन्द गर्नुपर्ने अवस्था आएको छु, उनले भने।

बालबालिकाले ढुंगामुढा गर्ने नभई तिनका बाबुआमाले च्यानल बन्द गरेर हेर्न उपयुक्त छैन भन्ने शैली र अवस्था बनेको उनले बताए। उनले प्रधानमन्त्रीले पटकपटक नकारात्मक अभिव्यक्ति दिएको भन्दै नेपाली कांग्रेसले भर्सना गर्ने बताए। प्रधानमन्त्रीको सफलता बोल्नमा नभई कर्म गर्नमा हुने शर्माले सुझाए। ुप्रधानमन्त्रीको सफलता बोल्नमा हुन्छ कि काम गर्नमाु, उनले भने, इतिहासमा बोली होइन, कर्म लेखिन्छ भन्ने कुरा प्रधानमन्त्रीलाई पुन सम्झाउनुपर्ने भएको छ।ु

प्रकाशित मिति: २ बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्