दाङका चार युवा मिलेर हेलिकोप्टर बनाउँदै


 


दाङ, २ बैशाख–तुलसीपुर
घोरानेटी ४ जना युवाले हेलिकोप्टर बनाउन थालेका छन् । सानै उमेरदेखि हेलिकोप्टर बनाउने चाहना भएको भन्दै अहिले साथीसँग मिलेर काम सुरु गरेको निर्माणकर्ता सन्जु वलीले बताए । डेढ महिनादेखि बनाउन सुरु गरिएको हेलिकोप्टरको अहिले बडी अर्थात् बाहिरी भाग निर्माण हुँदै छ ।

स्थानीय कमल खड्का, ध्रुवविक्रम खड्का र तुलसीपुर ९ कट्कुइयाका ललित डाँगीले हेलिकोप्टरको नमुना तयार पारेका छन् । तुलसीपुर बजारदेखि झन्डै ६ किलोमिटर उत्तरतर्फ रहेको उक्त गाउँमा ४ युवा मिलेर हेलिकोप्टर बनाउन थालेपछि अहिले हेर्नका लागि त्यहाँ मानिसको दिनहुँ भीड लाग्ने गरेको छ । उक्त हेलिकोप्टरमा ४ जनासम्म बस्न मिल्ने बनाएको र अहिलेसम्म दुई लाखभन्दा बढी रकम खर्च भइसकेको भन्दै हाल रकमको अभाव हुन थालेको निर्माणमा समस्या भएको कमल खड्काले बताए । उनीहरूलाई उकरणहरू खरिद गर्नका लागि रकम अभाव हुन थालेपछि अहिले काम रोकिएको बताएका छन् । उनकाअनुसार अहिले इन्जिन र होइड्रोलिक पंखाको आवश्यकता परेको हुँदा यसमा सहयोग गरिदिन स्थानीय सरकारसँग माग गरिएको उनीहरूले बताए ।

हेलिकोप्टरको नाम भने अहिले छनोट गरिएको छैन भने प्राविधिकसम्वन्धी थुप्रै कुरा बाँकी रहेको उनीहरूको भनाइ छ । हेलिकोप्टर बनाउनु आफैँमा ठूलो चुनौती भएको भन्दै आफूहरूसँग शैक्षिक योग्यता नभए पनि यस भन्दा अघि आफूले विभिन्न उपकरण निर्माण गरेको बताउँदै तयार बनाएरै छाड्ने वलीको दाबी छ । उक्त हेलिकोप्टर तयार गर्न कम्तीमा पनि ६०र७० लाख रकम लाग्ने अनुमान गरिएको छ ।

आल्मुनियमका धातुहरू र फलाम लगायत अन्य सामग्रीहरू प्रयोग गरिएको छ । उक्त समानहरू जिल्ला बाहिरबाट ल्याउने गरिएको उनीहरूको भनाई छ । यसरी आफ्ना छोरा र भतिजाहरूले गरेको नमुनायोग्य काम देखेर कमल खड्काकी आमा विमला खड्का खुसी भएको बताइन । उनले जसरी भए पनि उनीहरूको कला र सीपलाई अझ अघि बढाउने हौसला दिएको बताइन । साथै उनले आर्थिक समस्या भएको भन्दै सहयोग गरिदिन स्थानीय सरकार लगाएत सवैमा आग्रह गरिन ।

यता तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले उक्त हेलिकोप्टरका लागि आवश्यक पर्ने पंखा ल्याउने प्रक्रिया बुझ्ने, प्रक्रियागत रूपमा आवश्यक पंखा ल्याउन सहयोग गर्ने बताए । उनले नेपालमा हेलिकोप्टर नबन्ने भएकाले, पंखा पनि बिदेशबाटै ल्याउनुपर्छ होला, त्यो म बुझ्छु’ उनले भने, त्यो बुझेर मात्रै ल्याउनलाई के के प्रक्रिया चाल्नुपर्छ । त्यो प्रक्रिया पुर्‍याएर ल्याउनेसमेत बताए ।

साथै उक्त हेलिकोप्टर उडाउन मिल्ने नमिल्ने कस्तो हो । त्यो परीक्षण पनि गर्न पहल थाल्ने बताए । उनले हेलिकोप्टर उडाउने मात्रै भन्दा पनि हुन सक्ने दुर्घटनालाई मध्यनजर गरी विज्ञहरूलाई पनि देखाउन पहल थाल्ने बताए ।

प्रकाशित मिति: २ बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्