विप्लव समूहका कार्यकर्तालाई लक्षित गर्दै गोली प्रहार


 



धनगढी, वैशाख २
कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ६ मा आज अपरान्ह विप्लव समूहका कार्यकर्तालाई लक्षित गर्दै गोली प्रहार भएको छ ।

खेतमा गहुँ काटिरहेको अवस्थामा स्थानीय राजाराम चौधरीमाथि गोली प्रहार भएको हो । उद्यपि, उनलाई गोली नलागेको श्रोतले जनाएको छ ।
उनीमाथि कसले गोली प्रहार गरेको हो भन्ने खुलेको छैन । कैलाली प्रहरीले पनि यसबारे अनभिज्ञता जनाएको छ । यसबारे कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले घटनाबारे बुझ्न आफू त्यसतर्फ गइरहेको जानकारी दिए ।

घटना भएको क्षेत्र कैलारीको वडा नम्बर खरुवाखेरा धनगढीबाट झण्डै २० किलोमिटरको दुरीमा पर्छ ।

प्रकाशित मिति: २ बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्