घर घरमा इन्टरनेट : बिग्रदै बालबालिका : तहस नहस घरबार


 


इटहरी सुनसरी इटहरी घर भएका नाै बर्षिय बालक शसांक माेबाइल नदिए सम्म खाना खान मान्दैनन । राति सुताउनकै लागि भएपनि उनलाइ माेबाइल अनिबार्य दिनैपर्छ । माेबाइलमा भएकाे कार्टुन र भिडियाेहरू उनलाइ असाध्यै मनपर्छ त्यहि भएर माेबाइल दिनैपर्छ ।उनि हतपत स्कुल पनि जान मान्दैनन । स्कुल ड्रेस देखि लिएर खाना खाने समय सम्म भिडियाे हेर्नकै लागि भएपनि माेबाइल अनिवार्य चाहिन्छ ।

त्यस्तै इटहरीकै १३ बर्षय प्रदिप श्रेष्ठ राति १ बजे सम्म माेबाइल चलाएर बसिरहन्छन । उनि माेबाइलमा अरू केहि नभएर अहिले अाएकाे नयाँ पब्जी गेम खेलेरै समय बिताउने गरेका छन । कहिलेकाहि त बिहान छर्लङगै पनि बनाउने गरेका उनका अभिभावक बताउछन ।

उनि कसैलाइ टेर्दैनन । एक पटक माेबाइल खासेर राखिदिदा भातै नखाइ भाेकै बसेपछि हार खाएर माेबाइल दिएकाे तर बानि अझै नसुध्रेपछि अहिले चिन्तित बनिनुपरेकाे अभिभापक प्रमिला बताउछिन । त्यस्तै इटहरीकै १३ बर्षिय बालक अमन राइकाे पनि दैनिकि यस्तै छ । बाेर्डिङबाट आए देखि खेति नै माेबाइल बनिने गरेकाे छ उनि पनि अभिभावकलाइ मरे टेर्दैनन । बिद्यालयमा गत साता अाएकाे निशुल्क आँखा परिक्षण पछि उनकाे पनि चेक गर्दा समस्या देखाएपछि उनका अभिभावक अहिले चिन्तित बनेका छन ।

याे समस्या अहिले हरेककाे घर घरमा छ । इटहरीमा मात्र हइन अहिले याे समस्या प्रदेश एकका सुगम जिल्लाहरूमा यत्र तत्र सुन्न् अनि चर्चा संगै समाचार पनि पढन पाइन्छ । शुचना प्रविधिले बिकासमा फडकाे मारेसंगै घर घरमा इन्टरनेट जडानले याे समस्या बिकराल बनेकाे हाे । पहिले आमा बाबुलाइ भग्वानकाे दर्जा दिने बालबालिकाहरू अब इन्टरनेट र त्यसमा पाइने नयाँ नयाँ खेलहरूलाइ भगवान मान्न थालेका छन ।

घर घरमा इन्टरनेट जडान संगै भित्रिएकाे यस्ताे बिकृतिले बालबालिकाहरूकाे अाँखा संगै मस्तिस्कमा पनि नराम्राे असर पारिरहेकाे अध्यनले देखाएकाे छ । बालबालिकाहरूकाे दिनचर्या नै माेबाइल र पब्जि गेममा बित्न थालेपछि अभिभावक चिन्तित हुनु स्वभाविक हाे । तर अधिकांस बालबालिकालाइ बिगार्ने पनि तिनै अभिभावक हुन । जस्ले उमेरै नपुगि हातमा स्क्रिन टच माेबाइल र आइफाेन जिम्मा लगाइदिएका छन । जसका कारण बालबालिका त बिग्रे नै त्याे संगै पछिललाे समय गृहस्थि पनि डामाडाेल बन्दै गएकाे प्रत्यक्ष देख्न सकिन्छ ।

अहिलेकाे बालबालिकाहरू भनेकाे भाेलिका भविस्य हुन त्यसैले अहिले नै उनिहरूकाे मस्तिस्कमा असर पर्ने गरी इन्टरनेटकाे भुत छिराइदिनु जायज हुदैन याे कुरा सम्पुर्ण अभिभावकहरूले साेच्नुपर्छ अन्यथा भाेलि उनिहरूकाे भिवष्य संकटमा पर्न सक्छ ।साथै सम्बन्धित निकायले पनि याे कुरामा बिशेष ध्यान दिन जरूरी छ ।

समयकाे माग र परिवर्तन संगै बिकास हुनु कुनै नाैलाे कुरा हइन । तर पाएकाे अवसर र बस्तु अनि प्रविधिलाइ सदुपयाेग गर्न नजान्नु याे अहिलेकाे युगमा सबैभन्दा बढी जटिलकाे बिषय मानिन्छ । अहिले इन्टरनेट जडान नभएका घर सायदै कमै मात्रामा पाइन्छन त्याे भन्दा पनि उमेर नपुगेका बालबालिकाकाे हातमा अाइफाेन देखि नयाँ नयाँ माेडलका स्कृिन टच माेबाइल र ट्याब सजिलै देख्न पाइन्छ । घरघरमा इन्टर नेट जाेडिनु खराब भन्न खाेजिएकाे हइन तर पाएकाे सुविधालाइ सहि ढंगले सदुपयाेग नगर्नु त्याे सबैभन्दा ठुलाे बिडम्बना हाे । इन्टरनेटकै कारण अहिले कसैकाे घरबार तहस नहस त कसैकाे स्वर्ग पनि बनेकाे छ । फरक यति हाे जसले सहि ढंगबाट उपयाेग गर्न जान्याे उसकाे घर श्वर्गमा परिणत भयाे भने जस्ले बादरकाे हातमा नरिवल सरह मान्याे उसकाे परिवार तहस नहस बन्याे ।

प्रदेश एकमा रहेका १४ जिल्लाका डाटा हेर्नुहाे भने ९२ प्रतिशत नागरीक इमेल इन्टरनेटकाे पहुचमा रहेका छन । पहुचमा रहेकाहरू मध्ये पनि ४६ प्रतिशतकाे घरबार यहि इन्टरनेटकै कारण डामाडाेल बनेका छन । इन्टरनेटबाटै चल्नै सामाजिक सञ्जालका कारण याे अवस्था शिर्जना भएका हुन । प्रदेश एकमा रहेका स्थानीय निकाय र प्रहरी कार्यालय र अदालत परिषरमा बुझ्ने हाे भने दिनमा ५ देखि १५ वटा सम्म छाेडपत्रका उजुरीहरू पर्ने गरेका छन । कारण साेध्दा फेशबुक मुख्य दाेषी ठहरिन्छ । त्यसैले बेलैमा बुद्धि पुर्याउ र पाएकाे सेवा सुविधा अनि प्रविधिलाइ सहि तरिकाले उपयाेग गराै । आफ्नाे घरबार र बाबच्चाहरू आफै नबिगाराै ।

प्रकाशित मिति: ६ बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्