अाजकाे राशिफल


 


अाज मिति वि.सं. २०७२ साल फागुन १८ गते। मंगलबार। इश्वी सन् २०१६ मार्च १ तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३६ सिल्लागा। फागुन कृष्णपक्ष। तिथि– सप्तमी, १२:०२ बजेउप्रान्त अष्टमी। नक्षत्र– अनुराधा, २३:१० बजेउप्रान्त ज्येष्ठा। योग– हर्षण, २७:५० बजेउप्रान्त वज्र। करण– वव, १२:०२ बजेदेखि वालव, २४:४१ बजेउप्रान्त कौलव। आनन्दादिमा वज्र योग। चन्द्रराशि– वृश्चिक। काठमाडौंमा सूर्योदय– ६:३० बजे, सूर्यास्त– १८:०४ बजे र दिनमान २८ घडी ५३ पला। अष्टमी व्रत। तपाइकाे अाजकाे राशिफल हेर्नुहाेस्

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सोचेको काम सजिलै सफल हुनेछन । ब्यापार ब्यबसायबाट सामान्य लाभ मिल्नेछ । विवाद बढ्ने हुँदा बोल्दा विचार पुर्याउनुहोला ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रमाइलो यात्राको योग रहेको छ । प्रयासहरु सकारात्मक रहनेछन । साझेदारी काममा रोकावट आउनेछ । मन खिन्न रहनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नसोचेको काम सफल बन्नाले मन प्रसन्न रहनेछ । सामाजिक र धार्मिक काममा रुची बढ्नेछ । पारिवारिक दायित्व बढ्नेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । विशेष योजनाहरू बन्नेछन । आस मारेको काम बन्नाले उत्साह बढ्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) ब्यापार ब्यबसायबाट प्रशस्तै लाभ हुनेछ । भाग्योन्नतिको समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शैक्षिक क्षेत्रमा लगानी गर्ने अवसर मिल्नेछ । घरायसी काममा रुची बढ्नेछ । अध्ययन अध्यापनमा प्रगति हुनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) काममा बिशेष लाभ मिल्नेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । ठुला व्यक्तिको सहयोगमा महत्वपूर्ण कामको थालनी हुनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पारिवारिक सम्बन्धमा सुधार आउनेछ । बिश्वास गरेकाले साथ दिनेछन । मनमा शंका र डरले दरो डेरा जमाउनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सामाजिक सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ । परिवारको सहयोगमा महत्वपूर्ण कामहरु सफल हुनेछन ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सानै प्रयाशले पनि काममा ठुलो सफलता मिल्नेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्नसक्छ । सोचेको भन्दा खर्च धेरै हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) प्रियजनको सहयोगमा महत्वपूर्ण कामको थालनी हुनेछ । प्रयासहरु सकारात्मक रहनेछन । स्वास्थ्यमा समस्या आउनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) विशेष काममा सफलता मिल्नेछ पढाइ लेखाइमा मा प्रगति हुनेछ । व्यवसायका लागि यात्रा सम्भावना छ । आम्दानी प्रशस्तै बढ्नेछ ।

प्रकाशित मिति: १८ फाल्गुन २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्