मदन पुरस्कार विजेता मुकारुङले थापे ‘पहिचान पुरस्कार’


 


rajanकाठमाडाैं, फागुन २३

‘दमिनी भीर’ लेखक, मदन पुरस्कार विजेता राजन मुकारुङले ‘पहिचान पुरस्कार’ थापेका छन् । शनिबार मण्डला थिएटरमा आयोजित कार्यक्रममा मुकारुङलाई कवि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काईंलाले नगद रु. दुई लाखसहित प्रमाणपत्र हस्तान्तरण गरे ।

‘पहिचान पुरस्कार कोष’ले उनलाई ‘फेरिँदो सौन्दर्य’ का लागि उनले सो पुरस्कार दिएको हो । कोषले मुकारुङबाटै पुरस्कारको सुरुवात गरेको हो । डेढ दशकदेखि साहित्य लेखनमा सक्रिय मुकारुङ पहिचानवादी लेखक मानिन्छन् ।

पुरस्कार पाएपछि मुकारुङले पुरस्कार पाउनु ठूलो कुरा नभई पुरस्कारप्राप्त व्यक्तिले सो क्षेत्रमा गर्ने काम महत्वपुर्ण हुने बताए । ‘अरु पुरस्कारहरु प्रायः व्यक्तिका नाममा दिइन्छन् तर यो पुरस्कार मुद्दा या अभियानसँग जोडिएको छ ।’ उनले भने,‘ पहिचानका अभियन्ताले अभियन्तालाई नै पुरस्कार दिएको छ । त्यसैले म यो पुरस्कारका लागि आफूलाई योग्य व्यक्ति नै ठान्छु ।’

हेत्छाकुप्पा, दमिनी भीर, फेरिँदो सौन्दर्य र पाँच वटा कविताकृतिका लेखकले नेपाली साहित्यमा कविद्वय हाङयुग अज्ञात र उपेन्द्र सुब्बासँग मिलेर ‘सिर्जनशिल अराजकता’ नामक पहिचानको आन्दोलन नै चलाएका थिए ।

प्रकाशित मिति: २३ फाल्गुन २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्