अागाेेले जलेर तीन बर्षे बालककाे ज्यान गयाे


 


तेह्रथुम, चैत्र १३

तेह्रथुमको लालीगुराँस नगरपालिका १० स्थित सोल्माको एक घरमा शनिबार आगो लाग्दा ३ वर्षीय बालक सुशान्त मगरको जलेर मृत्यु भएको छ । अन्य दुई वालक जलेर गम्भीर घाइते भएका छन् । पराल र खर राखेको गोठमा आगो लाग्दा गोपाल मगरका ३ वर्षीय छोरा सुशान्तको जलेर घटना स्थलमै मृत्यु भएको हो ।

आगलागीमा स्थानीय पुष्प श्रेष्ठका ३ वर्षीय छोरा मौषम श्रेष्ठ र अर्का ७ वर्षीय चिरायु मगर जलेर गम्भीर घाभीते भएको घटना स्थल पुगेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक पुरीले बताए । मौषम श्रेष्ठको अवस्था गम्भीर रहेकाले उपचारका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ । अर्का घाइते वालक मगरको स्थानीय स्वाथ्य संस्थामा उपचार भइरहेको छ ।

प्रकाशित मिति: १३ चैत्र २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्