भाेजपुरमा स्वास्थ्य मासु अभियान सुरु


 


भोजपुर, चैत्र १५
जिल्ला पशुसेवा कार्यालय भोजपुरले सप्ताहव्यापीरुपमा स्वच्छ एवम् स्वस्थ मासु अभियान सुरु गरेको छ । ‘बथशालादेखि भान्छासम्म स्वस्च्छ तथा स्वास्थ्य मासु’ भन्ने नाराका साथ कार्यालयले सप्ताहव्यापी अभियान सुरु गरेको हो । अभियान अन्तरगत कार्यालयले आइतबार सदरमुकाममा प्रभातफेरी निकालेको थियो ।

लोकतान्त्रिक गेटबाट सुरु गरिएको प्रभातफेरी चारभञ्याङ हुँदै स्थानीय सामुदायीक भवनमा पुगेर समापन गरिएको कार्यालयले जनाएको छ । दैनिक जीवनमा प्रयोग हुँदै आएको मासुलाई स्वच्छ र स्वास्थ्य बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको जिल्ला पशुसेवा कार्यालय भोजपुरको प्रमुख डाक्टर राजेन्द्रप्रसाद साहाले बताए ।

प्रकाशित मिति: १५ चैत्र २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्