अन्तर ल कलेज स्तरीय फूटबल प्रतियोगिता हुने


 


काठमाडाैं, चैत्र १५

अन्तर ल कलेज स्तरीय फूटबल प्रतियोगिता यही चैत्र २१-२४ गते सम्म ललितपुरको पुल्चोकमा हुन् गैरहेको छ । कानूनको मैदानमा प्रतिष्पर्धा गर्न खप्पिस मानिएका कानूनका विद्यार्थीहरु फूटबल मैदानमा आफ्नो प्रतिभा देखाउन उत्रने भएका छन् ।

कानूनका विद्यार्थीहरु अदालतमा मात्र जानुपर्छ भन्ने मान्यतालाई चिर्दै यही चैत्र २१ गते देखि २४ गते सम्म हुने अन्तर ल कलेज स्तरीय फूटबल प्रतियोगिताका लागि खेल मैदानमा खडा हुन् लागेका हुन् । नेप्लीज ल स्टुडेन्ट कम्युनिटीको (NLSC) आयोजनामा हुन् गैरहेको उक्त अन्तर ल कलेज स्तरीय फूटबल प्रतियोगितामा नेशनल ल कलेज , नेपाल ल क्याम्पस, काठमाडौं स्कुल अफ ल , चक्रवर्ती ल कलेज , काठमाडौं युनिभर्सिटी स्कुल अफ ल धुलिखेल र पृथ्वीनारायण क्याम्पस  पोखरा गरी ६ वटा ल कलेजका कानूनका विद्यार्थीहरुको बीचमा फूटबल प्रतियोगिता हुन् लागेको हो ।

प्रतियोगितामा छात्रको ७ वटा टिम र छात्राको ७ वटा टिम गरेर १४ वटा टिमको सहभागिता हुने आयोजक संस्थाका अजय बुढाथोकीले जानकारी दिएका छन् । प्रतियोगिताको उदघाटन २१ गते बिहान ७ बजे पुल्चोक इन्जिनियरिङ कलेजको फूटबल मैदानमा राखेपका सदस्य सचिवले गर्ने कार्यक्रम रहेको आयोजक विद्यार्थीहरुको संस्थाले बताएको छ ।

नेशनल ल कलेजका विद्यार्थीहरुको प्रयासमा हुन् गैरहेको प्रतियोगिताको प्रथम पुरस्कारको रासी २५  हजार नगदसहित ट्रफी ,मेडल र प्रमाणपत्र रहेको छ । त्यसैगरी दोस्रो पुरस्कारको रासी १० हजार नगद सहित ट्रफी ,मेडल र प्रमाणपत्र रहेको आयोजकले संस्थाले बताएको छ। प्रतियोगिताको फाइनल खेल जावलाखेल मैदानमा हुने आयोजक संस्थाले जानकारी दिएको छ ।

प्रकाशित मिति: १५ चैत्र २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्