जेठ १५ भित्र नयाँ बजेट


 


काठमाडाैं, चैत्र १८

सरकारले आउँदो जेठ १५ गतेभित्रै नयाँ आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको छ । आर्थिक वर्षको अन्त्य (असार मसान्त) मा बजेट ल्याउने पुरानो परम्परा तोड्दै सरकारले डेढ महिना अघि नै बजेट ल्याउन लागेको छ । नयाँ संविधानमा गरिएको व्यवस्थाले पनि चाँडै बजेट ल्याउन सजिलो भएको हो ।

संविधानमा जेष्ठ १५ भित्र नयाँ आर्थिक वर्षको बजेट ल्याउने व्यवस्था गरिएको छ । संविधानमै समयसीमा तोकिएकाले बजेट पास गर्ने कार्यमा विपक्षमा रहेका दलबाट समेत अवरोध आउनेछैन । जेष्ठ १५ मा बजेट आए मुलुककै इतिहासमा सवैभन्दा चाँडो बजेट आउने पहिलो घटना हुनेछ ।

प्रकाशित मिति: १८ चैत्र २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्