अाजबाट एसएलसी परीक्षा सुरू


 


slc ma lekhdeiकाठमाडाैं, चैत्र १८

यसवर्षको एसएलसी परीक्षा आजबाट सुरु भएकाे छ। एसएलसी परीक्षामा नियमित र इक्जाम्टेड गरी कुल ६ लाख १५ हजार ५ सय ५३ परीक्षार्थीले सहभागिता जनाउँदैछन्। जसमध्ये २ लाख २५ हजार ३ सय ४६ छात्र र २ लाख २७ हजार ५ सय ३५ छात्रा सहभागिता जनाउँदैछन्।

यस वर्ष पनि एसएलसीमा सहभागी परीक्षार्थीमध्ये छात्राकै संख्या बढी छ। यसैगरी इक्जाम्टेडतर्फका ६२ हजार ३ सय ८१ छात्र र ९७ हजार ३६ छात्रा गरी कुल १ लाख ५९ हजार ४ सय १७ को सहभागी छन्।

कुल विद्यार्थीमध्ये प्राविधिक धारका १ हजार ९ सय ८२ छात्र र १ हजार २ सय ७३ छात्रा गरी कुल ३ हजार २ सय ५५ सहभागी रहेका छन् ।
६ लाखभन्दा बढी विद्यार्थीले देशभरिबाट १ हजार ९ सय ४३ परीक्षा केन्द्रबाट परीक्षा दिने व्यवस्था पनिकाले मिलाएको छ।

सबैभन्दा बढी परीक्षा केन्द्र, काठमाडौं जिल्लामा छ। यो जिल्लामा ३६ हजार ७ सय विद्यार्थीका लागि ९३ परीक्षा केन्द्र तोकिएको छ भने सबैभन्दा कम परीक्षा केन्द्र मनाङ र मुस्ताङ जिल्लामा छ। यी जिल्लामा एकएक परीक्षा केन्द्र तोकिएको उपनियन्त्रक गुरुप्रसाद पौडेलले जनाए ।

प्रकाशित मिति: १८ चैत्र २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्