आज २०७६ जेठ ७ गते मंगलबारको राशिफल हेर्नुहोस्


 


आजको पञ्चाङ्ग :

श्री सूर्योत्तरायणे विरोधकृत नामक संवत्सर ग्रीष्म ऋतु श्रीशाके १९४१ नेपाल सम्वत् ११३९ वि.सं. २०७६ ज्येष्ठ ७ गते तद्अनुसार सन् २०१९ मई २१ तारिख मंगलबार ज्येष्ठ कृष्णपक्ष तृतीया तिथि ।

आजको राशिफल :

मेष राशि – शुभ र भाग्यवर्द्धक काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । आरोग्यता बढ्ला । मिठो भोजन खान पाउनुहुनेछ । आनन्द बढ्ला । आर्थिक प्रगति हुनेछ । शत्रुलाई जित्ने सामर्थ्य वृद्धि हुनेछ । आफन्तको सहयोग मिल्नेछ । रोकिएको काम बन्ला । पारिवारिक सुख शान्ति वृद्धि हुनेछ । विजयश्री मिल्नेछ । धर्म–पथमा सफलता मिल्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ ।

बृष राशि – खेलकुद र भ्रमण कार्यमा रुचि बढ्ला । रसरागमा रुचि बढ्ला । कठोर मिहीनेतले सफलता मिल्नेछ । विवादमा पर्नु र अरुको भरमा बस्नु उचित हुनेछैन । बौद्धिक र रचनात्मक काम बन्नेछ । इष्टमित्रको साथ भेटिएला तर लापर्वाही नगरी संयम र विवेकले काम गर्नु उचित हुनेछ । ऐनकानूनलाई ध्यानमा राख्नुपर्नेछ । स्वास्थ्यमा ध्यान राख्नु पर्ला । आफन्तबाट सहयोग–समर्थन मिल्नेछ । कुनै प्रकारको जोखिममा नपर्नु उचित हुनेछ ।

मिथुन राशि – आयस्रोत बढ्ला । सभा–समारोहमा मान पुरस्कार प्राप्त होला । पारिवारिक समस्याको समाधान मिल्नेछ । धन मान सफलता बढ्ने यात्रा हुने सम्भावना रहनेछ । सोचिविचारी योजना बनाएर काम गरेमा अझ बढी सफलता मिल्नेछ । आर्थिक काममा लाग्नु उचित हुनेछ । देखापरेको समस्याको निदान मिल्नेछ । ठूलो रकमको लगानी, महत्वपूर्ण कागजपत्र आदिमा हस्ताक्षर हुनेछ । लगानी उठ्नेछ । धन सम्पत्ति बढ्नेछ ।

कर्कट राशि – उन्नति–पदोन्नति हुनेछ । साहसिक कार्य बन्नेछ । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा आँट उत्साहमा बढोत्तरी हुनेछ । सुख ऐश्वर्य बढ्नेछ । यात्रामा सफलता मिल्नेछ । लेखन प्रकाशन आदिसित सम्बन्धित काम पनि बन्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ । भोगविलासमा आकर्षण बढ्नेछ । उच्चाधिकारीको सहयोग समर्थन मिल्नेछ । आफन्तको पनि साथ मिल्नेछ ।

सिंह राशि – शुभ र भाग्यवर्द्धक काम बन्ला । धर्मकर्ममा प्रवृत्त रहनुहुनेछ । विजयश्री मिल्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । वार्तामा सफलता मिल्नेछ । मिठो भोजन मिल्नेछ । प्रेममा सफलता प्राप्त होला । इष्टमित्र सन्तति सुख बढ्ला । सभा–समारोहमा मान पुरस्कार प्राप्ति होला । पारिवारिक सुखशान्ति बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नुको साथै गौरव वृद्धि हुने काम गर्नु हुनेछ ।

कन्या राशि – समय मिश्रित फलदायक रहनेछ । भागदौड भैरहनेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । मिहीनेतको प्रतिफल मिल्नेछ । कठोर परिश्रमले सफलता प्राप्त होला । इष्टमित्र सन्तानको सहयोग मिल्नेछ । मनोकूलको काम बन्नेछ । सुख आनन्द बढ्ला । मिठो भोजन खान पाइनेछ । आफन्तको साथ मिल्ला । मन प्रशन्न रहनेछ । रसरागमा आकर्षण बढ्नेछ । कुनै पनि प्रकारको लापर्वाही नगर्नु उचित हुनेछ । विवाद र अरुको भरमा पर्नु उचित हुनेछैन ।

तुला राशि – धनसम्पदा बढ्नेछ । भागदौड भैरहला । खेलकूद भ्रमण आदिमा आकर्षण बढ्नेछ । अभय बढ्नेछ । हांसविलासमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नु उचित हुनेछ । स्वास्थ्यमा सुधार हुनुसँगै सुख आनन्द बढ्नेछ । मिठो भोजन मिल्नेछ । साझेदारीको काम बन्नेछ । धनसम्पति बढ्नुसँगै दूरदेशबाट शुभ समाचार मिल्नेछ । आफ्नैबल विवेकले काम गर्नु शुभ हुनेछ ।

वृश्चिक राशि – वार्तामा सफलता मिल्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । अन्नधन वृद्धि हुनेछ । घरपरिवारको स्थिति सन्तोषजनक रहनेछ । मान महत्व बढ्नेछ । रोकिएको काम बन्ने र लगानी उठ्ने सम्भावना पनि रहनेछ । धन यश मान महत्व बढ्ला । यात्रामा सफलता मिल्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ ।

धनु राशि – रसराग प्रेममा आकर्षण बढ्नेछ । मिठो भोजन मिल्नेछ । इष्टमित्र सन्तान आदिको सहयोग मिल्नेछ । सुख–सम्पत्ति वृद्धि हुनेछ । दायित्व पूरा गर्नुहुनेछ । धनको कार्य बन्ला । यश वर्चश्व वृद्धि हुनेछ । मनोकूलको काम बनेर मन प्रसन्न हुनेछ । मान पुरस्कार प्राप्त होला । वार्तामा सफलता मिल्नेछ ।

मकर राशि – यात्रा होला । समस्याको समाधान खोज्नुहुनेछ । भागदौड लागिरहला । रचनात्मक कार्यमा सफलता मिल्नेछ । रसरागमा प्रवृत्ति बढला । यात्रामा सफलता प्राप्त होला । ख्याति फैलिनेछ । मिठो भोजन मिल्नेछ । ऐश्वर्य वृद्धि होला । साहसिक काममा सफलता मिल्नेछ । विकासको नयाँ सम्भावना देखापर्ला । योजना र बजेट बनाई काम गर्नु हितकर रहला ।

कुम्भ राशि – विकासको नयाँ सम्भावना देखा पर्ला । अन्नधन बढ्नेछ । आय वृद्धि हुनेछ । आशा उत्साह बढ्नेछ । यात्रामा सफलता मिल्नेछ । सुख शान्ति आरोग्यता बढ्नेछ । लेखन प्रकाशन बौद्धिकता र रचनात्मकतासित सम्बन्धित काम बन्नेछ । मान महत्व बढ्ला । साथीभाइको साथ मिल्नेछ । ऐश्वर्य बढ्ला ।

मीन राशि – रोकिएको काम बन्नेछ । मिठो भोजन खान पाइनेछ । सुख आनन्द बढ्ला । मान सम्मान वृद्धि होला । धनसम्पत्ति बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । आर्थिक काम पनि बन्नेछ । ख्याति फैलिनेछ । ऋण रोग र शत्रुबाट छुटकारा मिल्नेछ । मान पुरस्कार भेट्ला । उन्नति–पदोन्नति हुनेछ ।

प्रकाशित मिति: ७ जेष्ठ २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्