आज २०७६ जेठ १० गते शुक्रवारको राशिफल हेर्नुहोस्


 


वि.सं.२०७६ साल ज्येष्ठ १० गते । शुक्रवार । इस्वी सन् २०१९ मे २४ तारिख । नेपाल संवत् ११३९ ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापारमा थोरै समय दिँदा पनि मनग्गे आम्दानी गर्न सकिनेछ । पढाई लेखाइमा मन जाने हुनाले भनेजस्तो नतिजा हात लाग्नेछ । गीत सङ्गीत तथा मोडलिङ क्षेत्रमा समय लगानी गर्ने हरूले नाम तथा दाम दुवै कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न सक्दा इज्जत तथा प्रतिष्ठामा वृद्धि भएर जानेछ । नयाँ काम पाउने तथा नोकरीमा बढुवा हुने योग रहेको छ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्रशासनिक क्षेत्रमा तपाईँको वर्चस्व रहनेछ भने सामाजिक उत्तरदायित्व बहन गर्ने समय रहेको छ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । साथीभाइ तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति हुने योग रहेको छ । लामो दुरीको शैक्षिक तथा धार्मिक यात्राको प्रवला सम्भावना रहेको छ । भाग्यले साथ दिने हुँदा थोरै लगानीबाट पनि प्रशस्त रुपैयाँ पैसा कमाउन सकिने तथा आर्थिक रूपमा सबल हुने ग्रहयोग रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आफन्त तथा दिदी बहिनी सँग साना कुरामा राय बाझिनेछ भने घमण्ड गर्ने बानीले आफैलाई समस्या पार्नेछ । आर्थिक मुद्दाहरू हल हुनुको सट्टा थप जटिल बन्नेछ । बोलीमा रूखोपना बढी आउने हुँदा आफन्त तथा साथीभाइहरू टाढिनेछन् । भौतिक सम्पत्ति प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरुको सामना गर्नु पर्नेछ । नसोचेको धन तथा सम्पत्ति प्रयोग गर्न पाइने हुँदा मन प्रसन्न रहनेछ । माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यावसायिक यात्रा हुने गतिलो सम्भावना रहेको छ । पढाई लेखाइमा उल्लेख्य सुधार भएर जाने हुनाले अरूलाई निकै तल छाड्न सकिनेछ । आफन्त तथा सबैको सहयोग पाइने हुनाले नयाँ काम गर्ने जोस जाँगर बढेर जानेछ । माया प्रेममा सामिप्यता बढ्नुको साथै दाम्पत्य जीवन खुसी रहनेछ । पाहुना लागेर कतै जाँदा आदित्यको सत्कार तथा सम्मान पाइनेछ । विभिन्न सहयोग तथा उपहार प्राप्तिको ग्रहयोग रहेको छ । आर्थिक रूपमा सुदृढ हुन सकिने हुनाले दैनिकी सहज रूपमा अगाडिका बढ्नेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) मामा तथा मावलीबाट तपाईँको काममा सहयोग हुनेछ भने परिवारका आवस्यक्ताहरु पुरा गर्न सकिनेछ । अदालत तथा न्यालयबाट हुने न्यायिक निर्णयहरू तपाईँ आफ्नै पक्षमा हुनेछन् । पढाई लेखाइमा अरूभन्दा अग्र पंतिमा तपाईँको नाम आउने तथा विजयको योग रहेको छ । व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) लामो समयदेखि थाती रहेको काम बन्नेछ भने विभिन्न अवसरको सदुपयोग गरी मनग्गे धन तथा सम्पन्न सङ्ग्रह गर्न सकिनेछ । आर्थिक मुद्दाहरू हल भएर जानेछन् भने मित्रहरूको सहयोग रहनाले सकयमा कामहरू बन्नेछन् । पढाई लेखाइमा पहिले भन्दा सुधार भएर जानेछ भने अलि बढी मेहनत गर्दा नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक सम्पत्ति तथा विलासी बस्तुको प्रयोग गर्न पाइने हुँदा मन प्रफुल्ल हुनेछ । अध्ययनको सिलसिलामा यात्रा गर्न सकिने समय रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) माया प्रेममा अविश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमा सँग मनमुटाब उत्पन्न हुनेछ । अन्य काममा व्यस्त हुँदा पढाई लेखाई कमजोर रहनेछ । कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरूले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । समाजसेवामा नाम कमाउन अलि बढिनै सङ्घर्ष गर्नु पर्नेछ । आफन्त तथा इष्टमित्र सँग टाढिएर लामो यात्रा गर्नुपर्दा मनमा बेचैन बढ्नेछ ।

वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) समाजमा गुमेको साख फिर्ता हुनुको साथै आफ्नो वर्चस्व बढाउन सकिनेछ । समयको भरपुर सदुपयोग गरी भाग्य वृद्धि गर्न सकिने साथै दिगो फाइदा हुने काम आरम्भ गर्न सकिनेछ । नियमित काममा दाजुभाइ तथा आफन्तको सहयोग हुने हुँदा मन प्रसन्न हुनेछ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ । छोटो,रमाइलो तथा उपलब्धिमूलक यात्रा हुने अधिक सम्भावना रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) साहित्य तथा कलाकारिता क्षेत्रमा समय खर्चिँदै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ । बोलेर गर्ने कुनै पनि पेसा व्यवसाय फस्टाएर जानेछ भने काउन्सेलिङ,मोटिभेसन जस्ता क्रियाकलापमा भाग लिन तारिफ योग्ग प्रस्तुति दिन सकिनेछ । कुटुम्ब,आफन्त तथा नजिकका मानिस सँग भेट भई पारिवारिक माहिलामा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेममा नजिक भई भावना साटासाट गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समयमा काम नबन्ने हुँदा मनमा निराशा पैदा हुनेछ भने व्यवसायमा लगानी गरे पनि आम्दानी थोरै हुने हुँदा दैनिक गुजारा गर्न गाह्रो हुनेछ । माया प्रेममा अविश्वास सिर्जना हुने तथा परिवारमा झैँ झगडा हुने सम्भावना अधिक रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धी सामान्य समस्याले सताउनेछ । विद्यामा अरू भन्दा पछि परिने हुँदा मन खिन्न हुनेछ । अवसरहरूको सदुपयोग गर्न नसक्दा विभिन्न फाइदा जनक कामहरू अरूकै पोल्टोमा पर्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) लामो दुरीको यात्रा हुनेछ भने यात्राका क्रममा ध्यान दिनुहोला समय मध्यमय रहेको छ । काम गर्दा नीति नियमको पालना नगर्दा दण्ड तथा जरिवाना हुन सक्छ ध्यान दिनुहोला । व्यापार व्यवसायमा कम मात्र आम्दानी हुँदा आर्थिक क्षेत्र कमजोर रहनेछ भने विदेशी सामानको व्यापार भने फस्टाएर जानेछ । भौतिक सम्पत्ति तथा द्रब्य हराउन सक्छ ध्यान दिनुहोला । प्रेममा अविश्वास गर्नाले टाढिनु पर्ने हुन सक्छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) नयाँ नयाँ कामको प्रस्ताव आउनेछ भने नोकरीमा पदोन्नति हुनेछ । विभिन्न ठाउँबाट कामका प्रस्तावहरू आउनेछन् भने प्रशस्त रुपैयाँ पैसा कमाउने योग रहेको छ । शत्रु तथा प्रतिस्पर्धीहरू परास्त हुनेछन् भने विद्या तथा प्रतिस्पर्धामा तपाइकै नाम अग्र स्थानमा आउनेछ । व्यापार व्यवसायमा लगानी गरी भने जस्तो नाफा कमाउन सकिनेछ । भनेको समयमा सामाजिक कामहरू बन्ने हुनाले छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुसीयाली छाउनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने साथीभाइ सँगको सम्बन्धमा विश्वासको वातावरण बन्नेछ ।

तपाईँको दिन शुभ रहोस् ।

प्रकाशित मिति: १० जेष्ठ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्