वेष्टइण्डिज बन्याे टी-२० विश्वकप क्रिकेटकाे विश्व विजेता


 


westindiesकाठमाडाैं, चैत्र २१

अन्तिम ओभरमा लगातार चार छक्का हान्दै कार्लोस ब्रेथवेटले वेष्टइण्डिजलाई टी-२० विश्वकप क्रिकेटको उपाधि दिलाएका छन् । इंग्ल्याण्डले प्रस्तुत गरेको १५६ रनको लक्ष्य पछ्याएको वेष्टइण्डिजलाई अन्तिम ओभरमा १९ रन चाहिएको थियो ।

बेन स्टोक बलिङमा आए । तर, ब्रेथवेटले अविश्वसनीय रुपमा लगातार चार बलमा छक्का हाने र अन्तिम दुर्इ बल खेल्नु अघि नै वेष्टइण्डिजलाई उपाधि दिलाए । मर्लोन सामुअल ८५ रनमा अविजित रहे भने ब्रेथवेटले अविजित ३४ रन बनाए ।

वेष्टइण्डिजको सुरुवात भने खराब थियो । ११ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो । तर, डवेन ब्राभो र सामुअलले पारी सम्हाले । ब्राभो २५ रनमा आउट भए । आन्द्रे रसेल १ र डवेन सामी मात्र २ रनमा आउट भए, जति बेला वेष्टइण्डिजको स्कोर ६ विकेटको क्षतिमा १०७ रन थियो ।

यसअघि इडन गार्डेन कोलकत्तामा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १५५ रन बनाएको थियो ।

इंग्ल्याण्डको सुरुवात निकै खराब थियो । २३ रन जोड्दा ३ विकेट गुमाएको उसको पारी जोए रुट र जोस बटलरले सम्हाले । दुबैले चौथो विकेटका लागि ६१ रनको साझेदारी गरे ।

बट्लर ३६ रनमा आउट भए । रुटले सम्हालिएर खेलेपनि अन्य ब्याट्सम्यानले साथ दिन सकेनन् । रुट सातौं विकेटका रुपमा आउट हुादा इंग्ल्याण्डको स्कोर १११ रन थियो । डेभिड विलीले १४ बलमा २१ रन बनाए ।

प्रकाशित मिति: २१ चैत्र २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्