इटहरीमा मेयर सावकाे कार्यशैली , पत्रकारकाे ब्यवहार र जनताकाे आवाज …


 


प्रदेश एककाे उदयिमान शहरहरू मध्ये छिटाे बिकशित र ब्यापारिक केन्द्रकाे परिचय बाेकेकाे सुनसरीकाे इटहरी त्यसैपनि चर्चा भइरहने सहरकाे रूपमा चिनिन्छ । बि.सं.२०६४ सालमा यहि उदयिमान शहरका नामि ब्यापारी कैलाश अग्रवाल दम्पति हत्याकाण्ड पछि बर्षैपिच्छे भइरहेकाे नयाँ नयाँ काण्डले इटहरीलाइ थप चर्चा र बिवादित सहर भनेर चिनाउन बाध्य बनायाे ।

२०६४ साल यता इटहरीमा थुप्रै चर्चा गर्न याेग्य काण्डहरू भइरहे र त्याे क्रम अहिले पनि जारी नै छ ।नेपाल सरकारले गत २०७१ मंसिरमा तत्कालिन नगरपालीकाबाट धरान संगै उपमहानगरमा बढुवा गरेपछि इटहरीले त्याे बेला खुब प्रशंसा बटुलेर अन्तराष्ट्रिय स्तरमा समेत चर्चा पाएकाे थियाे ।तर त्याे चर्चा पनि धेरै समय टिक्न सकेन त्याे पछि पनि थप नयाँ काण्डहरू बाहिरिरहे ।

जब २०७४ सालमा दाेश्राे चरणकाे स्थानीय निर्वाचन सम्पन्न भयाे त्यसपछि इटहरीले पुरानै अनुहारका नयाँ जनप्रतिनिधी पनि पायाे । जनप्रतिनिधि चुनिएर पदभार ग्रहण हुन नपाउदै थप नयाँ नयाँ काण्डहरू बाहिरिन थाले ।

जनप्रतिनिधि चुनिएर बागडाेर सम्हालन नपाउदै पहिलाे गासमा ढुंगा भने जस्ताे एकाएक सिएफएल प्रकरण बाहिरियाे जसमा ६० लाख भ्रस्ट्रचारकाे रहस्य खुल्याे त्यसपछि सिंगाे जनप्रतिनिधिहरू प्रति जनताले हेर्ने दृस्टिकाेण परिवर्तन हुन थाल्याे ।

२०७४ असारमा पदभार ग्रहण गरेका नयाँ जनप्रतिनिधिहरूले पदभार ग्रहण गरेकाे महिना दिन बित्न नपाउदै उपमहानगरभित्रै भ्रस्ट्रचारका बिषयहरू धमाधम बाहिरिन थाले । त्याे बेला इटहरीका सञ्चारमाध्यम तथा पत्रकारहरूले जनतामाझ सहि शुचना सम्प्रेसन गरेर आफ्नाे कर्तब्य पुरा गरेका थिए । तर त्याे बेला जुन भुमिका पत्रकारहरूले निभाउनुपर्थियाे थाेरैले मात्रै निभाएका थिए भने धेरै जसाे कपि पेस्ट र रमिता बनेर बसिदिए ।

त्याे बेलाकाे सिएफएल काण्ड सेलाउन नपाउदै इटहरीमा फेरी थप एक पछि अर्काे गर्दै भ्रस्ट्रचारका काण्डहरू बाहिरिन थाले धेरै जसाे सञ्चारमाध्यमले मेयर चाैधरीलाइ नै दाेषि देखाएर समाचारहरू प्रकासन गर्न थालेपछि मेयर पत्रकारहरूसंग आक्रमक शैलिमा प्रस्तुत हुन थाले ।

शान्त स्वभावका मेयर किन रिसाए ?
इटहरी उपमहानगरमा मेयरकाे जिम्मेवार सम्हालेका द्वारिकलाल चाैधरी सुरूवाति समय निकै नरम रूपमा प्रस्तुत हुदै आएका थिए ।मेयर भएलगत्तै उनले सार्वजनिक जग्गा खाेजि गरी उपमहानगरकाे स्वामित्वमा ल्याउने घाेषणा गरेसंगै उनकाे एक समय चर्चा चुलिएकाे थियाे । त्याे बेला सम्म उनकाे स्वभाव नरम नै थियाे ।

जब उपमहानगरमा एकाएक भ्रस्ट्रचारका कुराहरू स प्रमाण बाहिरिन थाले त्यसपछि मेयरले स्वभाव बदल्न थाले । एक त कार्यालय भित्र चराे मुसाेले नगन्नु त्यसमा पनि पत्रकारले भ्रस्ट्रचारका समाचारहरूमा उनैलाइ दाेषि देखाएर समाचार प्रकासन गरिरहेपछि मेयर चाैधरी पत्रकारहरू प्रति नकरात्मक बनिन पुगे फल स्वरूप आज जे देखिदैछ त्यसैकाे परिणाम हाे भन्न सकिन्छ ।

इटहरी उपमहानगरमा मेयरले गरेकाे राम्राे काम चै नदेख्ने अनि हुदै नभएकाे समाचार लेखेर मेयरकाे बदनाम गराउन खाेजेकाे भन्ने आभाष मेयरमा छ त्यहि भएर अहिले उनि पत्रकारहरू प्रति धेरै नकरात्मक बनिन थालेका हुन कि भन्ने आशंका गर्न सकिन्छ ।

मेयरकाे कार्यशैली गलत

अहिलेकाे बिद्यमान अवस्थालाइ हेर्ने हाे भने इटहरीका मेयर द्वारिकलाल चाैधरीले अपनाएकाे कार्यशैलि गलत भन्न सकिन्छ । सार्वजनिक जग्गामा ड्राेजर लगाउनु सहि हाे तर अवस्था र परिणाम नहेरी सस्ताे लाेकप्रियताकालागि मात्रै काम गर्नु याे क्षणिक चर्चा पाउने भन्दा अरू केहि हइन ।

स्थापना देखि नै बिवादमा आएकाे इटहरीकाे डिभिएम स्कुल प्राङगण भित्र ड्राेजर र हतियार सहित प्रहरी प्रवेश गराउनु मेयरकाे गलति नै हाे । यदि साच्चै त्यहा सार्वजनिक जग्गा थियाे नै भनेपनि बिद्यालय बिदा भएकाे बेला पुगेर ड्राेजर लगाउनु पर्थियाे त्यस्ताे देखिएन ।

बिद्यालय भित्र पढाइ भइरहेकाे बेला ड्राेजर र प्रहरी लगाएर स्कुलकाे आगन भत्काइदिदा कलिला बिद्यार्थिहरूकाे दिमागमा कस्ताे असर पर्छ ? त्याे नसाेचि कदम चाल्नु मेयर चाैधरीकाे अर्काे गलति नै हाे । त्याे भन्दा पनि आस्चर्य सार्वजनिक स्थानमा फलानालाइ बाेलाएर कस्सेर थप्पड हाने भनेर चर्चा गर्नु मेयर जस्ताे पदमा बसेका ब्याक्तिकालागि स्वाेभाविक काम हइन उनले याे बिषयमा पनि बिचार नपुर्याइ बाेल्नु अर्काे गलति देखिन्छ ।

कर्मचारीले घुस खाएकाे भनि गलत्याएर कार्यालयबाट बाहिर निकाल्नु याे सराहनिय काम हाे । तर घटना केहाे त्याे नबुझि आवेगमा आइ हाेस गुमाउनु पछि न्याउरी मारी पछुताे भने जस्तै हाे कि ? कर्मचारी राम खड्काकाे बिषयमा राम्राे संग छानबिन गरी निस्किएकाे निस्कर्ष पछि मात्रै मेयरले कदम चालेकाे भए सुनमा सुगन्घ हुने थियाे कि ?

अख्तियारले सिएफएल प्रकरणमा क्लिन चिट दियाे भन्दैमा फुर्केर सार्वजनिक स्थानमा फलाक्दै हिडनु र समाचारकाे माध्यमबाट जनतालाइ सुसुचित गराउने जिम्मा बाेकेकाे पत्रकारहरूले साेधेकाे प्रश्नकाे उत्तर माग्दा लाेपारदिनु जस्ताे पदिय मर्यादा बिपरित काम गर्दा भाेलि आफै माथी संकट आइनपर्ला भन्न सकिदैन ।मेयर सावले याे बिषयमा ध्यान दिने कि ?

कम छैनन पत्रकारहरू पनि

इटहरी त्यसैपनि बिकासाेन्मुख शहरमध्ये पनि हाइ प्राेफाइल भएकाे शहर मानिन्छ । इटहरीबाटै करीब एक दर्जन भन्दा बढी नै दैनिक , साप्ताहिक पत्रपत्रिका तथा अाधा दर्जन रेडियाे एफएमहरू सञ्चालन हुदै अाएका छन ।

यि सबै मिडिया हाउसमा गरेर जम्मा इटहरीमा ८० जना माथी पत्रकारहरू कार्यरत छन । तर सार्वजनिक चासाे अनि जनहितकाे बिषयमा कलम चलाउने कृयाशिल तथा श्रमजिवि पत्रकारहरू भने थाेरै मात्रामा भेटिन्छन ।

याे सहरमा पत्रकारहरूकाे पनि बेग्ला बेग्लै सिण्डिकेट छ । राजनीतिक आवरणका बेग्लै , स्वतन्त्र बेग्लै र कपि पेस्ट बेग्लै ! सिधा भन्ने हाे भने यहा कसैले कसैलाइ गन्दैनन सबै मै हु भन्ने परिपार्टिका धेरै छन । थाेरै मात्रमा यसता पत्रकारहरू छन जाे सच्चा अनि श्रमजिवि भनेर सम्मान हुन याेग्य छन ।

छिमेकि शहर धरान उपमहानगरलाइ हेर्ने हाे भने पत्रकारहरू बिचकाे मेलमिलाप त्यहा देख्न पाइन्छ । त्यहा एक अापसमा भाइचराकाे सम्बन्ध कायम गरि पत्रकारीतालाइ कसरी अघाडि बढाउने भन्ने बिषयमा बहस चलिरहन्छ तर इटहरीमा ठिक बिपरित कुन पत्रकारलाइ आजकाे दिनमा सिध्याउने र कसकाे खुट्टा तान्नुपर्ने हाे यहि चलिरहन्छ । अझ छाेटकरीमा भन्ने हाे भने इटहरीमा पत्रकार पत्रकार बिच नै मेलमिलाप छैन ।

उपमहानगरकाे हकमा पनि हेर्ने हाे भने अधिकांस कर्मचारीहरू पार्टिगत रूपमा कार्यरत छन । यहि सन्दर्भमा इटहरीका मेयर पत्रकारहरूसंग रिसाउनु एक प्रकारले स्वभाविक पनि हाे ।इटहरी भित्र भएका राम्रा कुराहरूकाे खाेजि नगर्नु , नराम्रा कुरामा मात्र चासाे राखेर समाचार बनाइरहनुले सिंगाे नगरकाे बिकासमा बाधा त पुग्छ नै नगरवासीकाे मनमा पनि जनप्रतिनिधिलाइ हेर्ने नजर बदलिदै जान्छ र नकरात्मक साेच पैदा हुन्छ ।

सिएफएल काण्डलाइ नै हेर्ने हाे भने धेरै जसाे सञ्चारमाध्यमले भ्रस्ट्रचारका समाचारहरूलाइ प्रथमिकता दिएका छन । उपमहानगरभित्र भएका भ्रस्ट्रचारका कुरा सञ्चारकर्मिले बाहिर ल्याउनु धेरै राम्राे र सम्मानजनक काम हाे तर जुन भ्रस्ट्रचार भयाे त्याे जनप्रतिनिधिका कारण नभएर कर्मचारीहरूका कारण भएकाे भनि ब्याख्या गर्न नसक्नु यहा पत्रकारहरू पनि केहि मात्रामा चुकेकाे पाे हाे कि जस्ताे देखिन्छ ।

इटहरीकाे हकलाइ हेर्ने हाे भने उपमहानगरमा कर्मचारीहरूकै मिलेमिताेमा बर्षाै देखि हुदै आएकाे भ्रस्ट्रचारका काण्डहरू जनप्रतिनिधीहरूकाे कारण बाहिरिन सफल भएका हुन ।हाे भ्रस्ट्रचारमा केहि जनप्रतिनिधिहरू पनि मुछिएका छन तर सिंगाे जनप्रतिनिधिलाइ नै दाेषि देखाएर समाचार बाहिरिनु याे गलत पनि हाे ।

अर्काे कुरा के इटहरीमा राम्राे काम एउटै भएकाे छैन त ? जनप्रतिनिधि आएर अहिले सम्म राम्राे काम केहि गरेका छैनन त ? अहिले इटहरीलाइ हेर्ने हाे भने कच्चि बाटाे त्यति देखिदैन सबै पिच भएका छन त्याे पनि टालि आेछ्याएर । धेरै ठाउका मुहारहरू अहिले फेरीएका छन । बिस्तारै बिकासले फडकाे मारिरहेकै छ । यति हुदा हुदैपनि राम्राे काममा मेयरकाे चर्चा नहुनु अनि नराम्राे काममा चै मेयर मात्रै अघाडि देख्ने पत्रकारहरूकाे नजर चै कस्ताे हाे ?

यहाँ सम्म कर्मचारीले गरेकाे फटाइमा मेयरलाइ दाेषि देखाएर समाचार बाहिरिनुले पनि मेयर द्वारिकलाल चाैधरी पत्रकारहरूसंग आक्राेशित भएका हुन भन्ने आशंका गर्न सकिन्छ ।

के भन्छन जनता ?

पत्रकारहरू माथी गरेकाे दुर्व्यवहार र कर्मचारी माथी गरेकाे हातपातकाे बिराेधमा उपमहानगर ठप्प छ ।जनताकाे काम भएका छैनन् । याे घटनाकाे कारण अहिले मेयर द्वारिकलाल चाैधरीकाे चाैतर्फि चर्चा संगै बिराेध पनि त्यतिकै छ ।

कर्मचारीमाथि भएकाे हातपात केहिले राजनीतिसंग इसु बनाएर सामाजिक सञ्जाल समेत रंग्याइसकेका छन । तर धेरै जसाे उपमहानगरवासीले मेयरलाइ नै समथर्न जनाएका छन । धेरैले स्यावासी दिएका छन ।

बल्ल भाेट दिएर पठाएकाे जनप्रतिनिधिले राम्राे काम गरे भनेर कतिले सामाजिक सञ्जाल समेत भरेका छन । सरसर्ति हेर्ने हाे भने मेयर चाैधरीकाे पक्षमा बहुमत अत्याधिक देखिन्छ भने बिराेधका आवाज कमै मात्रामा देखिन्छन ।

अबकाे बाटाे

जब सिएफल काण्ड बाहिरियाे तब देखि नै सञ्चारकर्मि र इटहरी उपमहानगर बिच या मेयर बिच दुरी बढेकाे हाे कि भन्ने अांशका गर्न सकिन्छ ।

तर अझै पनि केहि बिग्रिएकाे छैन इटहरी भित्र भएका राम्रा कुराहरूलाइ पनि समाचारकाे माध्यम बनाएर जनता माझ पुर्याउन सके र जनताले उपमहानगरबाट पाउने सेवा सुविधा र पाएकाे सुविधाबाट भएकाे उपलब्धिहरू खाेजि गरी समाचार बनाइ इटहरी भित्र राम्राे काम भएकाे देखाउन सके सम्बन्ध सुधार हुन सक्छ ।

याे भनिरहदा भ्रस्ट्रचारका समाचार चै नलेख्नु हाेइन त्यस्ता समाचारलाइ त अझ प्राथमिकतामा राखेर सम्प्रेसन गरिनुपर्छ तर जसरी नराम्राे समाचारले ठाउ पाएकाे हुन्छ त्यसरीनै राम्राेलाइ पनि उचित स्थान दिन सके बिवाद साम्य हुन सक्छ ।

सञ्चार र सञ्चारकर्मिहरू राज्यकाे चाैथाे अंग हुन ।उनिहरूमाथि भएकाे दुर्ब्यवहारकाे बिषयमा इटहरी उपमहानगरका मेयर द्वारिकलाल चाैधरीले तत्काल पत्रकार सम्मेलन गरी माफि माग्नु पर्छ । मेयर पद जनताले र पत्रकारहकाे समर्थनबाट पाएकाे हाे भने मनबाट मनन गरी इटहरी उपमहानगरका मेयर द्वारिकलाल चाैधरीले ज जसलाइ दुर्ब्यवहार गरेका हुन उनिहरूसंग माफि माग्नै पर्छ ।

लेखक स्वतन्त्र पत्रकार संघ सुनसरीका सचिव हुन ।

प्रकाशित मिति: १० जेष्ठ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्