“गृहमन्त्रीज्यू ! तीर्थराजमा गोली ठोक्दा बहादुरीको श्रीपेज खोई”


 


यति बेला तीर्थका बुवाआमालाई वज्रपात परेको छ । तीर्थका बुवा, जसलाई म काका भन्छु । काका यो एकदमै कठिन क्षण हो । तपाईले परिवारको सदस्य गुमाउनुभयो । हामीले सहयोद्धा गुमाएका छौं । यसक्षणलाई स्वीकार गर्नु ज्यादै कठिन छ तर हामीले बेहोर्नुपरेको छ । हाम्रो सम्बन्ध अब पारिवारिक मात्र रहेन ।

भाइ तीर्थराज घिमिरे ‘राजु’ले जुन यात्रा रोजेका थिए त्यो अब अरूलाई छाडेर गएका छन् । उनी भौतिक रूपमा हामीमाझनरहेपनि उनको रगतको मूल्य खोज्न लागिरहने प्रतिबद्धता हामीले जनाउनै पर्छ । तर, खुसीराम पाख्रिनले गाएको गीतझंै‘ऊ मरेको होइन, सधैंको लागि बाँचेको हो ।’

तीर्थ देश बदल्ने राजनीतिक यात्रामा थिए । धेरैले उनलाई फगत जोबन गुमायो भनिरहेका होलान् । तर, उनको जीवन समाजवादका लागि बलिदान हो । तीर्थप्रति भावपूर्ण श्रद्धाञ्जली । परिवारजनमा गहिरो समवेदना । भोजपुरको टेम्कमैयुङ सिलिचुङमाजेठ ७ गते घटना भएको थियो । जहाँ, प्रहरीले चलाएको गोली लागी उनको ज्यान गएको थियो । यो घटनाको जति भत्र्सना गरे पनि पुग्दैन । यो घटनाले सरकार निरंकुशतातर्फ उन्मुख भएको पुष्टि हुन्छ । जनयुद्ध नेतृत्व गरेकामध्येकै नेता रामबहादुर थापा गृहमन्त्री हुनुहुन्छ । यस्तो बेला तीर्थजस्ता क्रान्तिकारीहरू गोली खाएर ढल्नु विडम्बना हो । तर, इतिहासको विकास यसैगरी हुने गरेको छ । गृहन्त्रीज्यूले तिर्थमाथी गोली दागेर बहादुर श्रीपेज लगाउनु भएको छ ।

भोजपुर घटनासुन्दा स्वीकार गर्न कठिन परेको थियो । केही समयपछि नै उनको मृत्यु भएको खबर आयो । त्यो खबरले आफैंलाई सम्हाल्न गाह्रो भयो । घटनाले भावविह्व बनायो । आक्रोशले सीमा नाघ्न खोज्यो । तर, सत्य स्वीकार गर्नुको विकल्प थिएन । गंगालाललगायतको बलिदानीले राणा शासन अन्त्य भयो । बलिदानबाटै पञ्चायती व्यवस्था ढल्यो । जनयुद्धमा दिलबहादुर रम्तेल, कृष्णसेन ‘इच्छुक’ र सुनील, सञ्जय राईहरूले बलिदान दिए । त्यसपछि राजतन्त्र नै समाप्त भयो ।

जनयुद्ध र जनआन्दोलनबाट संघीय लोकतान्त्रिक गणतन्त्र आयो । पात्रहरू फेरिए तर प्रवृत्ति फेरिएन । भन्नुको अर्थ शिक्षा, स्वास्थ्य, रोजगारीको ग्यारेन्टी भएन । लाखौं युवा विदेशतिर भौतारिनुपरेको छ । भ्रष्टाचार, अशान्ति, असुरक्षा व्याप्त छ । देश परनिर्भर छ । कुनैपनि क्षेत्रमा सन्तोष गर्ने ठाउँ छैन । उत्पीडित वर्गलेमुक्ति पाइसकेका छैनन् । उत्पीडन र शोषणविरुद्ध संघर्ष जारी छ ।

यति बेला तीर्थका बुवाआमालाई वज्रपात परेको छ । तीर्थका बुवा, जसलाई म काका भन्छु । काका यो एकदमै कठिन क्षण हो । तपाईले परिवारको सदस्य गुमाउनुभयो । हामीले सहयोद्धा गुमाएका छौं । यसक्षणलाई स्वीकार गर्नु ज्यादै कठिन छ तर हामीले बेहोर्नुपरेको छ । हाम्रो सम्बन्ध अब पारिवारिक मात्र रहेन । तपाईंहरू त सहिदका बुवाआमा हुनुभएको छ । कठोर भएर यो क्षणको सामना गर्नुको विकल्प छैन । तपाईंहरू हामी सबैका आमाबुवा हुनुभएको छ ।

तपाईंहरूले खुट्टा नकमाउनु होला । यस्तो दुःखको घडीमा तपाईंको साथमा हुन सकेनौं । तर, भावनात्मक हिसाबले हामी तपाईंसँगै रहनेछौं । साभार – यस काठमाडौंबाट

प्रकाशित मिति: ११ जेष्ठ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्